clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पा जिल्लामा प्रथम जिल्ला सभा उद्घाटन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ४ बैशाख – जिल्ला समन्वय समिति डोल्पाले पहिलो पटक जिल्ला सभाको आयोजना गरेको छ । प्रथम जिल्ला सभाको बुधवार एक कार्यक्रमका बिच प्रमुख अतिथि कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका हुन् । 
   जिल्ला सभामा उद्घाटन मन्तव्य सहित शुभकामना दिदै प्रमुख अतिथि कर्णाली प्रदेशका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले डोल्पाको विकास सबैको लक्ष्य भएकाले स्थानीय, प्रदेश र संघिय सरकारको समन्वयमा विभिन्न विकासका काम संविधानतः तोकिएको जिम्मेवारी, दायित्व र कर्तव्य भित्र रहेर क्षेत्राधिकार प्रयोग गरेर अघि बढ्नु पर्ने बताए । उनले अबको कार्यभार सुखि नेपाली र समृत नेपालको लक्ष्य पुरा हुने गरी विकास गर्नु पर्ने भएकाले सबै तहका सरकार, जनप्रतिनिधिहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुको सहकार्यमा काम गर्दा राम्रो हुने भएकाले जिल्ला सभाबाट त्यही बमोजिम नीति कार्यक्रम तथा योजनाहरुको तय गर्न समेत आग्रह गरेका छन् ।
   जिल्ला सभा उद्घाटन कार्यक्रमका विशेष अतिथि कर्णाली प्रदेश सभा सदस्य बिरबहादुर शाहीले डोल्पाको मुहार फेर्नलाइ सबैको हातेमालो आवश्यक रहेकाले सबैलाई एक मन एक चित्त भएर निस्वार्थ भावनाका साथ विकासका काम लाग्न आग्रह गरेका थिए । 
   जिल्ला सभालाइ समापन मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख सेरबहादुर बुढाले डोल्पाको विकास गर्नको निम्ती सबै एक हुन पर्नेमा जोड दिएका थिए । उनले जिल्ला समन्वय समिति डोल्पामा कुनै विकास बजेट नभएको बताउदै तै पनि जिल्ला समन्वय समिति परिवार आफै सक्रिय रुपमा क्रियाशील भएको बताएका थिए । अव डोल्पामा कृषि, शिक्षा, स्वास्थमा बजेट विनियोजन गरी स्थानीय जनताहरुको आर्थिक, शारीरिक र शैक्षिक विकासमा स्थानीय सरकारलाई सुझाएका थिए । जैबिक विविधता डोल्पाको अवसर हो । 
   डोल्पा जिल्लाका ६ गाउंपालिका र २ नगरपालिका गरी ८ वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु सभासद रहने जिल्ला सभाको बुधवार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजित एक विशेष कार्यक्रमका बिच पानसमा बत्ति बालेर र ब्यानर खोलि ब्यानर पढेर सभाको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला सभाका सभासदहरु, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, सरकारी तथा गैह्रसरकारी कार्यलयका राष्ट्रसेवक कर्मचारीहरु, विभिन्न नगर तथा गाउंपालिकाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरु, स्थानीयबासिहरु, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
    नेपालको संविधान २०७२  र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम डोल्पा जिल्लाका नगरपालिका प्रमुख उपप्रमुख, गाउपालिकाका अध्यक्ष उपाध्यक्ष र सबै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्ला समन्वय समिति डोल्पाका पदाधिकारी सदस्य हुने जिल्ला सभा सुरु भएको हो । जिल्ला सभा २ दिनसम्म संचालन हुने जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । जिल्ला सभामा सबै स्थानीय तह, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यलयहरुको आर्थीक वर्ष २०७४।०७५ को वार्षिक कार्यक्रम माथिको समिक्षा र आर्थाीक वर्ष २०७५।०७६ मा संचालित कार्यक्रमको प्रस्तुतिकरण हुने छ ।
   त्यसै गरी जिल्ला सभा उद्घाटन कार्यक्रममा पूर्व सभासद दुधकुमारी हमाल, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, नेकपाका केन्द्रिय सदस्य हंशबहादुर शाही, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा, मुड्केचुला गाउंपालिकाका अध्यक्ष दत्तबहादुर शाही, शे फोक्सुण्डो गाउंपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङ, जगदुल्ला गाउंपालिकाका अध्यक्ष नारसिंह रोकाया, ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाही, त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख चन्द्रकुमारी बुढा, शे फोक्सुण्डो गाउंपालिकाका उपाध्यक्ष धावासम्दुक गुरुङ, मुड्केचुला गाउंपालिकाकी उपाध्यक्ष सविता रोकाया, ठुलीभेरी नगरपालिका वडा नं. १ का बागबहादुर महतारा, नेकपा(पूर्व एमाले अध्यक्ष)का दत्तबहादुर रोकाया, नेकपा(पूर्व मोओवादी केन्द्र)का मालवहादुर रोकाया, अन्तरपार्टी महिला सञ्जालकी विष्णु रोकाया र नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष बबिकिशोर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  
   प्रमुख अतिथि, विशेष अतिथिहरु, सभाका सभासदहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहित उपस्थित सम्पूर्णलाई जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले स्वागत गरेका थिए । सभामा छार्का ताङ्सोङ गाउंपालिकाका अध्यक्ष र उपाध्यक्ष, काइके गाउंपालिकाका अध्यक्ष र ठुलीभेरी नगरपालिकाका प्रमुखको उपस्थिति देखिएको थिएन ।  
   आफ्नै स्थानीय तहको क्षेत्र भित्र रहेको जिल्ला सदरमुकाममा आयोजित जिल्ला सभामा ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाही उपस्थीत हुन सकेनन् । आफ्नै स्थानीय तहको भूगोल भित्र रहेको जिल्ला सदरमुकाम दुनैमा आयोजना भएको प्रथम जिल्ला सभा हुंदा पनि ठुलिभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही सभामा उपस्थित हुन सकेनन् ।
ठुलिभेरी नगरपालिकाको केन्द्र बिबादका कारणले गर्दा सदरमुकाम दुनैमा भएको जिल्ला सभामा प्रमुख शाही उपस्थित नभएका हुन् । प्रमुख शाही जिल्ला सभामा आउंदा नगर विवादका कारण अशान्ति तथा तनाव हुन सक्ने आशंका भएपछि सो कार्यक्रममा शाहीको अनुपस्थिति रहेको स्रोतको दावि रहेको छ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्