clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
देश भरिका रेडियोकर्मीहरु सुर्खेतमा
रेडियो डोल्पा एफ.एम.,
 
   सुर्खेत, १ फगुन – विश्व रेडियो दिवसको अवसर पारेर सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल(अकोराव)को चौधौं वार्षिक साधारण सभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन मंगलवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । 
   विश्व रेडियो दिवसको अवसर पारेर आयोजना गरिएको सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनका क्रममा देश भरिका रेडियोकर्मीहरु सुर्खेतमा भेला भएका छन् । कार्यक्रमका क्रममा बुधवार विहान ८ बजे विरेन्द्र नगरको विरेन्द्र चोकबाट रेडियोकर्मीहरुको प्रभात फेरी सुरु भई बजारबाट मंगलगडि चोक हुदै कार्यक्रम स्थल सुभ होटेलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
   नेपाल सकारले पत्रकारिता क्षेत्रमा व्यवस्था गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न संम्पूर्ण मिडिया हाउसहरुलाई आग्रह गर्दछु । सुभ होटेलको सभा कक्षमा आयोजित अकोराबको १४ औं साधारण सभा र सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका हुन् । उनले वर्तमान सरकार पत्रकार तथा पत्रकारिताका विभिन्न विधाहरुलाई व्यवस्थित गर्नका लागि ऐन कानुन्  बनाउने अन्तिम तयारीमा रहेको उल्लेख गरे । 
   नेपालको संविधान बमोजिम दर्ता भएका विभिन्न सञ्चार माध्यमहरुले कानुनलाई मान्नु पर्ने, उत्श्रृङ्खल नबन्न र सरकारले गरेका राम्रा कामको पनि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनहरुमा लेख्न आग्रह गर्दै आलोचना गर्नु पर्ने कुरा छन् भने त्यसमा कलम चलाउने प्रति आफ्नो कुनै गुनासो नभएको मन्त्री बास्कोटाले बताए । 
   कर्णालीलाई गरीबि, बेरोजगारी, अभावको बिल्ला भिडाइएको दुखेसो गर्दै विशेष अतिथिका रुपमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको समृद्धिका लागि भएका पहल, विकास र यहांका संभावनाहरुलाई उजागर गर्दै कर्णाली लगायत नेपालको कला संस्कृति, राष्ट्रियता जोगाउन तर्फ रेडियो र रेडियोकर्मीहरुको ध्यान जानु पर्ने बताए । उनले अगाडि थपे नेपाल सरकारका साथै कर्णाली प्रदेशले पनि आर्थिक तथम सम्पूर्ण सम्मृद्धिका लागि पहल गरिरहेकाले सम्पूर्ण सामुदायिक रेडियो र रेडियोकर्मीहरुलाई आग्रह गरेका छन् । 
   सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धी एवम् यस क्षेत्रका चुनौतिहरु, सामुदायिक रेडियोका आगामी बाटो, बढ्दो असमानता न्यूनिकरणमा सामुदायिक रेडियो, विपद लगायत नयां चुनौतिहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रसारणमा प्राथमिकता दिनु पर्ने क्षेत्रहरु र तीन तहको सरकार निर्माण भई नयां कानुन निर्माण भैरहेको सन्दर्भमा सामुदायिक रेडियोको स्थान तथा निर्वाह गर्नु पर्ने भूमिका विषयमा छलफल गरिने कार्यक्रमको अध्यक्षता गरेका सामुदायिक रेडियो प्रसारक संघ नेपाल(अकोराव)का केन्द्रिय अध्यक्ष सुभास खतिवडाले कार्यक्रम सुरुवात गर्दै जानकारी दिए । 
   सम्मेलनलाई संघिय सांसद तथा नेकपाका नेता योगेश भट्टराई, नेपाली कांग्रेसका हृदयराम थानी लगायतका अतिथिहरुले कार्यक्रमको सफलताको सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम ३ दिनसम्म संचालन हुने छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्