clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
भारि हिमपात परेका कारण घोडा खोज्न गएका एक जना बेपत्ता
रेडियो डोल्पा एफ.एम.,
 
डोल्पा २९ माघ – हुने हार दैबले नटार भने जस्तै जे नहुनु थियो त्यो भएरै छाड्छ, फेरी अर्को एउटा दुखद घटना घटेको छ । हिजो बिहान ४ बजेतिर घोडा खोज्न गएका जगदुल्ला गाउंपालिका ६ गैरी गाउंका एक युवक हिउंमा वेपत्ता भएका छन् । 
अत्याधिक मात्रामा परेको हिउ जमेको अवस्थामा आफ्नो घोडा खोज्न हिजो विहान ४ बजेतिर घोडा खोज्न चौरिखोरतिर गएका जगदुल्ला गाउंपालीका वडा नं ६ गैरीगाउका २९ बर्षिय हिमबहादुर बि.क. बेलुकी नफर्के पछि आज विहानैदेखि खोजि कार्य थालिएको भए पनि अत्याधिक हिमपातका कारण कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरिक्षक जीवराज थापाले  जानकारी दिनु भएको छ । 
सोमवार  घरबाट घोडा खोज्न चौरिखोर भन्ने ठांउमा गएको अवस्थामा करीव अन्दाजि ४ बजेतिर आएको हिउ पहिरोमा परी बेपत्ता भएको अनुमान गरिएको आफन्त र प्रहरीको अनुमान रहेको छ । बेपत्ता बि.क.को खोजि गर्ने कार्य हिउं नपग्लेसम्म गर्न नसकिने बेपत्ताका आफन्तहरुले नै बताएका छन् । हिउंमा कहां खोज्ने ? माथि माथि हेर्ने हो भेटिएका छैनन् । दैविले उनी कही कतै बसेर तथा कसैको घरमा पुगेर बांचेको भए हुन्थ्यो भनेर उनका आफन्तहरुले प्राथाना गरिरहेका छन् । 
यस्तै ठुलीभेरी नगरपालीका वाडा नं ३ दुनै नजिक पर्ने धुपि चौरमा रहेको गौरी शाहीको गोठ र भन्डार कोठाको भित्ता भत्किए पछि अन्दाजि ३० हजारको क्षती भएको गौरी शाहीले जानकारी दिनु भएको छ ।  
गोठ र भन्डार कोठाको भित्ता भत्किदा पशुचौपायामा भने क्षति नभएको र भण्डार कोठाको अनाज सिमि, मकै खुर्सानी लगाएत ३० हजारको धनमाल क्षती भएको छ ।
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्