समाचार तथा गतिविधि
अबरुद्ध हवाई यातायात खुलाउन धावन मार्गको हिउं फालियो
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), २७ माघ – भारि हिमपातका कारण जुफाल विमानस्थलको धावन मार्गमा बाक्लो हिउं जमे पछि ४ दिनदेखि अवरुद्ध हवाई यातायात संचालनका लागि नगर प्रमुखको नेतृत्वमा धावन मार्गको हिउं पन्छाइएको छ ।
हिमपातले जुफाल विमानस्थलको धावन मार्गमा बाक्लो हिउं जमे पछि ४ दिनदेखि अवरुद्ध हवाई यातायात खुलाउनका लागि ठुलीभेरी नगरपालिका डोल्पाका प्रमुख गणेशबहादुर शाहीको नेतृत्वमा आइतवार धावन मार्गको हिउं फालिएको छ ।
जुफाल विमानस्थलको धावन मार्गमा बाक्लो हिउ जमे पछि आइतवार पनि हवाई यातायात अवरुद्ध भएकाले डोल्पाबाट नेपालगञ्ज, सुर्खेत झर्ने र नेपालगञ्ज सुर्खेतबाट डोल्पा आउने यात्रुहरु विमानस्थलहरुमा ४ दिनदेखि थन्किएर बस्न बाध्य भएका छन् ।
हिमपातले अवरुद्ध हवाई यातायात खुलाउनका लागि ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, कर्मचारी र सर्वसाधारणहरुको उल्लेख्य सहभागितामा जुफाल विमानस्थलको धावन मार्गमा करिव १ फिट जमेको हिउ आइतवार फालिएको ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार यादवले जानकारी दिए ।
धावन मार्गमा जमेको हिउंलाई बेल्चा, दाविलो प्रयोग गरेर फालिएको थियो । हिउंलाई फाल्नका लागि धेरै जनाको सहभागिता रहेको थियो । हिउं पन्छाइएकाले ४ दिनदेखि अवरुद्ध हवाई सेवा सोमवारबाट सुचारु हुने आशा राखिएको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





