clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका डिएसपी बिष्ट पुलिस अफ द मन्थ घोषित
रेडियो डोल्पा एफ.एम.,
डोल्पा, १२ माघ – कर्णाली प्रदेशको पनि दुर्गम र बिकट हिमाली जिल्ला डोल्पामा जिल्ला प्रहरी कार्यालय डोल्पाको प्रमुखको जिम्मेवारी सम्माल्दै आएका प्रहरी नायव उपरिक्षक अबदेश बिष्ट कर्णाली प्रदेशबाट पोलिस अफ द मन्थबाट पूरस्कृत भएका छन् ।
प्रदेश भित्रको शान्ति सुरक्षा अमन चयनको अबस्था चुस्त दुरुस्त राख्नका लागि कर्णाली प्रदेशको आफ्नो योजना बमोजिम प्रत्येक महिनामा राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशले डोल्पा जस्तो अति दुर्गम जिल्लामा बसेर नेपाल सरकार तथा नेपालको कानुन बमोजिम, प्रदेशको रणनीति बमोजिम काम गरेको तथा जिल्लाको मासिक कार्ययोजना अनुसार पौष महिनामा छिटो छरितो, ईमान्दारी एबम बफादारी सहित  उत्कृष्ठ कार्य सम्पादन गरेकोले डोल्पाका प्रहरी प्रमुख बिष्ट पूरस्कृत भएका हुन ।
प्रनाउ बिष्ट सँगै महानगर प्रहरी बृत्त जनसेवा काठमाण्डौका प्रहरी नायव निरिक्षक रमेश पत्थी र कर्णाली प्रदेश सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक ढुण्डीराज अधिकारी पनि पूरस्कृत भएका छन ।
डोल्पा जिल्लामा सुरक्षा क्षेत्रमा उत्कृष्ठ काम गरेर सम्मानित हुने पहिलो प्रहरी नायव उपरिक्षक अबदेश बिष्ट भएका छन । भौगोलिक रुपमा नेपालकै ठुलो, बिकट र बिशाल जिल्ला र दुर्गम तथा उच्च हिमाली जिल्ला डोल्पामा काममा अब्बल बन्नु निकै चुनौतिपूर्ण छ ।
प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले पौष महिनामा ८ बर्ष पहिला हराएका बुद्धका मुर्ति चोर पक्राउ गरे, ३ बर्ष पहिले बुद्ध मुर्ति चारीमा नै सँलग्न फरार पक्राउ गरे, जिल्लामा समुदाय–प्रहरी कार्यक्रम संचालन गरेर प्रहरी र नागरिक बिचको सम्बन्ध सुधार्न प्रयास गर्नुका साथै बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरे, त्यसका साथै आफनो कार्यालय परिवार भित्र पनि व्यबहारिक बनेका छन । 
आफू उत्कृष्ट बन्न सफल हुनुमा डोल्पा जिल्लाका नागरिकको सहयोगले नै भएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले बताएका छन् । डोल्पामा  म आफनै घरपरिवारको जसरी बसेको छु मलाइ डोल्पा मेरै गाउँ जस्तो प्यारो लाग्न थालेको छ प्रनाउ विष्टले भने ।
साधारण नागरिक देखि सबैसँग निकै मिजासिलो र हँसिलो अनुहारमा प्रस्तुत हुने बिष्ट छोटै समयमा डोल्पा जिल्लाका सबैको मनमा बस्न सफल छन् । प्रनाउ बिष्ट डोल्पा आएर शान्ति सुरक्षा, अमन चयन कायम गर्न, अपराध नियन्त्रणका लागि अनुसन्धानका काम तिव्र रुपमा गरिरहेका छन् । यसले जिल्लाको अपराध न्यूनिकरण हुनेमा निकै आशा पलाएको छ । 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्