समाचार तथा गतिविधि
जनप्रतिनिधी नै मुर्तीचोरीमा संलग्न रहेको आशंका
रेडियो डोल्पा
डोल्पा(दुनै), माघ ११ – मूर्ति चोरीमा संलग्न रहेकोमा शोधपुछका लागि बोलाउनका लागि खोजि गर्दै गर्दा एस जिल्लाको एक गाउंपालिकाका उपाध्यक्ष सम्पर्कमा विहिन भएका छन् । प्रहरीको सम्पर्क विहिन भएका उपाध्यक्ष माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउंपालिकाका हुन् ।
शे फोक्सुण्डो गाउंपालिका ४ स्थित राप गुम्बाका ऐतिहासिक, पौराणिक तथा पुरातात्विक बुद्धका मूर्ति र स्तुपा आठ वर्ष पहिला चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले डोल्पोबुद्ध गाउंपालिकाका उपाध्यक्ष मलमटासी गुरुङलाई खोजि रहेको भए पनि उनि सम्पर्क विहिन रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उपाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिला गुम्बाका मूर्ति चोरीका घटनामा गुरुङ नाइके रहेको पाइको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले बताए । गुरुङ राप गुम्बाबाट हराएका ३८ थान बुद्धका मूर्ति र स्तुपा चोरीको घटनामा गुरुङ मुख्य नाइके रहेको पाइएको उनको दाबी छ ।
प्रहरीले राप गुम्बामा ८ वर्ष पहिला मूर्ति चोरी गर्ने र यहि कार्तिक २८ गते फेरि चोरी गर्नेलाई पक्राउ गरेपछि गाउंपालिकाका उपाध्यक्ष पनि संलग्न रहेको थाहा हुन आएको प्रहरीको दाबी छ । चोरीमा संलग्न भएको भेटिएपछि प्रहरीले सम्पर्कका लागि खोजि गर्दै गरेको थाहा पाएर पक्राउ परिने डरले उनी भारततिर लागेको हुनसक्ने डीएसपी बिष्टले बताएका छन् । यसभन्दा पहिला मूर्ति चोरीकै आशंकामा काठमाडौंबाट ४ जना, धो बाट एकजना पक्राउ गरेको थियो पक्राउ गरिएका ५ मध्ये २ जनालाई अदालतले तारेखमा छाडेको छ भने ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





