माघ महिनाको शुरुवात संगै दिनानुदिन न्यानो भएको अनुभव गर्दै रमाउदै आएका डोल्पा वासिहरु शनिवारवाट शुरु भएको पुन मौसम परिवर्तन पछि निराशा तिर पुगेका छन् । एक त हिमालि क्षेत्रमा बसोबास गर्नुपर्ने भएकाले चिसो खेप्नु परेको कुरालाई सहर्ष स्वीकार गरेपछि केवल हिमपातलाई कुरेर बसिरहेका हुन्छन । जब हिमपात हुन्छ त्यसपश्चातका दिनहरुमा अन्य कामकाजहरु गर्नसहज हुने गर्छ । समयमै भएको हिमपातले बालिनालि लगायत यार्चागुम्बामा पनि राम्रो उत्पादन हुने गर्दछ । यसले गर्दा डोल्पाबासिहरु लगायत अन्य जिल्लावाट यार्चागुम्बा टिपेर कमाइ गर्नका लागि भनेर आउने हरुका लागि पनि आयमुलक बन्ने गर्दछ । यार्सागुम्बा राम्रो संग नउम्रिने बित्तिकै थुप्रै जनजिवनहरु प्रभावित बन्ने गर्दछन् । हरेक वर्ष डोल्पाका विभिन्न यार्सा टिप्ने पाटनहरुमा डोल्पा जिल्लामा बसोबास गर्ने मानिसहरुको संख्या भन्दा पनि बढि मानीसहरु यार्सा गुम्बा खरिद बिक्रिका लागि आउने गर्दछन् । जसमा न्युन आर्थिक स्तर हुनेहरु लगायत उच्च आर्थिक स्तर सम्मका मानिसहरु जाने गर्दछन् । यार्सागुम्बा टिपेर आफ्नो भएको रिन लगायत आफ्नो दैनिक जिवनयापन सरल बनाउने उद्देश्यले रिन लिएर पाटनमा यार्सा टिप्न जानेहरुलाई यार्सागुम्बा कम मात्रामा उम्रिएपछि उनिहरुको जिवन यापनमा पर्ने असरका बारेमा त सोच्न पनि सकिन्न । बालिनालि लगाउने समय पछि भएको हिमपातले लगाएको बालिनालिमा पनि तुषारो पारेर नष्ट पार्ने काम गर्दछ । यसरि बेला बेलामा एक्कासि हुने मौसम परिवर्तनले दैनिक जिवनयापनमा धेरै प्रभाव पारिरहेको छ ।
Loading...





