समाचार तथा गतिविधि
डोल्पाको दुनैसम्म मोटरबाटोको ट्रयाक खुले पछि डोल्पा सस्तियो
रेडियो डोल्पा एफ.एम.
डोल्पा, माघ – जाजरकोट डोल्पाको सदरमुकाम दुनैसम्मको मोटरबाटोको ट्रयाक खुले पछि ढुवानी र यात्रामा निकै सहज भएको छ । ट्रयाक खुले पछि डोल्पालीहरुको भान्सा सस्तिएको हो ।
१. ट्रयाक खुले पछि डोल्पामा रहेका विभिन्न बजारमा सामान सुलभ उपलब्ध हुन थालेको छ ।
– जसका कारण डोल्पाका विभिन्न बाजरमा सामानहरु सस्तिनुका साथै बजारमा पसलहरु थपिएका छन् ।
– डोल्पाको सदरमुकाम दुनैमा भने पसलहरु कम हुंदै गएका छन् ।
क. जाजरकोट–दुनै मोटरबाटो ट्रयाक खुले पछि प्रभावित बजारहरु ः त्रिवेणी, खदाङ्ग, चुंगाड, लिकु, त्रिपुराकोट, जुफाल, दुनै आदि बजार
ख. जुम्लाबाट मौरे भएर जगदुल्ला गा.पा.को काइगाउंसम्म ट्रयाक खुले पछि ः काइगाउं बजार
२. सामानहरु ढुवानी गर्न सजिलो र सस्तो भए पछि बजारमा दैनिक उपभोग्य सामानहरु सस्तो भएको हो । (उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाका अनुसार)
– सचिलो समानमा यस अघि ६५ रुपैया प्रति किलो ढुवानी पर्नेमा प्रतिकिलो २० रुपैयांसम्म घटेर ४५ रुपैया प्रतिकिलोमा ढुवानी हुने गरेको छ ।
– भब्बर भनेर केही सामानहरु ८० रुपैयासम्म ढुवानी हुने गरेका सामानहरु घटेर प्रतिकिलो ६५ रुपैयां प्रतिकिलोमा ढुवानी हुने गरेको छ ।
क. चामल ः यस अघि ३ हजार प्रति पकेट(२५ केजीको) को हाल २ हजार ३ सय,
ख. चिनी ः प्रति किलो १ सय ५० पर्नेमा २० घटेको,
ग. तेल ः प्रति आधा लिटर १ सय ३० पर्नेमा २० घटेको
घ. ग्यांस ः प्रति सिलिण्डर ४ हजार ४ सय बाट १ हजार २ सयसम्म घटेर ३ हजार २ सयसम्म सस्तिएको छ
ङ. अन्य सामानमा पनि यसै गरी सस्तो भएको छ ।
यसरी सामानहरु सस्तो पाउन थाले पछि स्थानीयहरुको भान्सा अलि सस्तो भएको छ ।
– त्रिवेणी बजारले मुड्केचुला गाउंपालिकाका कालिका, रिडिङ्ग, इल, सुर, नर्कु, सर्मी, होर्त, ओक्ट, लगायतका गाउंहरुमा सेवा दिएको छ ।
– खदाङ्ग बजारले ल्यहां, फुल्चिङ् र पालङ्ग
– चुंगाड बजारले लिकु, पाहाडा लगायत गाउंहरु
– त्रिपुराकोट बजारले लिकु, पाहाडा, रसी, करेलीकांडा, सुं, रंग, रुम लगायत गउं
– जुफाल बजारले जुफाल र माझफाल
– दुनै बजारले दुनै, तिप्ला, थाला, लोचा, रह, परिला लगायतका गाउंलाई सेवा दिएका छन् ।
३. दुनैसम्मको ट्रयाक खुले पछि तल्लो र मध्य डोल्पाका बासिन्दाहरुलाई यात्राका लागि निकै सहज बनेको छ । पैदल हिड्दा नलाग्ने खर्च जीप चड्दा भने खर्च भने बढेको छ ।
४. ट्रयाक खुले पनि करिव १४ वटा पुल नलाग्दा खोला वारि ओर्लेर हिडेर पारि गई अर्को गाडी चड्नु पर्ने अवस्थाले यात्रुहरुको यात्रा कष्टकर बनाएको छ ।
५. त्रिपुरासुन्दरी नगरपालिकाको सुंपानीदेखि दुनैसम्म खुलेको ट्रयाक राम्रो नभएकाले गत पुस २३ गतेदेखि उक्त खण्डको १४ किलोमिटर मोटरबाटोको थप ३ मिटर चौडा ट्रयाक खोल्न नेपाली सेनाले सुरु गरेको छ ।
६. जुम्लाबाट मौरे लेक हुदैं जगदुल्ला गाउंपालिकाको काइगाउंसम्म ट्रयाक खुले पछि काइगाउंको बजारमा पनि सामान सस्तिएको छ । त्यस बजारले रिमी, काइगाउं, हुरिकोट, थापागाउं लगायतका गाउंबस्तिहरुलाई सेवा दिएको छ ।
७. स्थानीय बजार मै सामान सस्तो भए पछि गरिबीको रेखा मुनि रहेका डोल्पालीहरुलाई राहात मिलेको छ ।
८. ट्रयाक खुले पछि ट्याक्टर चल्न थाले पछि ढुवानी दरमा घटेको हो । साथै स्थानीय स्तरमा जीप चले पछि यात्रामा सहज भएको हो ।
९. निर्माण सामग्री छड, कर्कट पाता, सिमेन्ट आदि पनि यही हाराहारीमा ढुवानी हुने गरेकाले निर्माणका कामहरु पनि सस्तो हुने आशा पलाएको छ ।
१०. मोटरबाटोको ट्रयाक खुले पछि पैदलै हिड्न पनि निकै सहज भएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





