clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हुरिवतासले विद्यालयका छाना उडायो

डोल्पा जिल्ला नर्कु ८ इलमा रहेको भानु प्राविको विद्यालय भवनको सबै टिनका छानाहरु उडाएको छ । शुक्रवार साझ करिब ६–७ बजेतिर ठुलो हुरी बतासका कारण छानाहरु उडाएको गाविसका लेखापाल जग बहादुर बुढाले फोन बाट जानकारी गराउनु भएको छ । नर्कु गाविस स्थित वडा नं. ६, ७, ८ र ९ का स साना बालबालिकाहरुले अध्ययन गर्ने उक्त विद्यालयमा यतिवेला त विद्यालय बन्दको अवस्था छ तर विद्यालय संचालन भएको समयमा भने कसरी अध्ययन गराउने भन्ने समस्या खडा भएको गाविस सचिव टेक बहादुर बोहोराले बताउनु भएको छ । त्यस्तै कालिका गाविसको कालिका माबिको पनि बिद्यालयको छाना शुक्रबार साँझ ७ बवेतिर एकातिरको भाग पूरै उडाएको छ त्यसको साथै एउटा सौचालयको छान पनि उडाएको छ । त्यस गाविसका गाँउमा वनि निकै ठुलो क्षति पुयाएकोछ तर कति क्षति भयो भन्ने बारे यकिन हुन नसकेको कुरा कालिका माबिका प्र.अ.भिम बहादुर थापाले जानकारीदिनुभएको छ । यसरि लामो समय पछि पेको अबिरल बर्षाले कति ठाँउमा क्षति पुयाएको छ भन्ने जानकारी भने आउन बाँकी छ ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्