clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
हिमपातले जनजीवन कष्ठकर

डोल्पाको उच्च हिमालि लगायत लेकालि भागमा हिमपात भएको छ भने अन्य केहि क्षेत्रमा भएको अविरल वर्षाका कारण दैनिक जिवनयापनमा कठिन परेको छ । सदरमुकाम दुनैमा बिहानै चहलपहल बढ्ने गर्दथ्यो तर बिहिवार राति बाट लगातार भएको वर्षाका कारण अति आवश्यक कामकाज गर्नु पर्ने बाहेक अन्य मानिसहरुको आवतजावत भने ठप्प भएको थियो । अरु दिनको भन्दा वर्षा र हिमपात भएको समयमा कामकाजमा कठिनाइ आउने व्यवसायीहरु बताउछन् ।
यतिवेला डोल्पा जिल्लाका विभिन्न गाँउमा बसोवास गर्ने डोल्पालिहरुको जनजिवन समेत प्रभावित बनेको छ । कतिपय कृषकहरुले आफुले पालेको पशुवस्तुहरुलाई समेत स्हार गर्न कठिन परेको छ । एक त आफ्ना दैनिक कामकाज गर्न कठिन भएको हुन्छ त्यसैमा पनि पशुबस्तुलाई स्याहार गर्नु कठिन परेको छ । हिमपात र वर्षाको कारण चिसो भने तुलनात्मक रुपमा अन्य दिन भन्दा बढेको छ । तै पनि वर्षाले आगामी वाली सप्रने भएकाले कृषकहरु खुसि भएका छन् ।
 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय 11:00 am-3:15 pm
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्