समाचार तथा गतिविधि
डोल्पाका फूलपाती जात्रा सम्पन्न
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), ३० असोज – यतिखेर हिन्दु मात्र होइन सम्पूर्ण नेपालीहरुलाई बडा दशैले छोएको छ । यही क्रममा डोल्पाका गाउंगाउंमा दशैको रमझमले छाएको छ । यसै क्रममा डोल्पाका सबै देवि मन्दिरहरु र घरघरमा विशेष विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
यसै क्रममा मंगलवार बडा दशैको सातौं दिन पूmलपाती भित्र्याइएको छ । कालिका मन्दिर दुनैमा आयोजना गरिएको विशेष कार्यक्रमका साथ पूmलपाती भित्र्याइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाला त्रिपुरा सुन्दरी मन्दिरी त्रिपुराकोट, कालिका मन्दिर दुनै लगायतका मन्दिरमा विशेष सलामी अर्पण गरेको थियो ।
डोल्पाको सदरमुकाम दुनैमा आज विहान आयोजित विशेष फूलपाती जात्राले कालिका मन्दिरबाट फूलपाती यात्रा सुरु भई दुनै बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय गेटको देवि मन्दिर, सन्तोषी माताको मन्दिर, सरस्वति मन्दिर हुदै पुनः कालिका मन्दिर पुगेर जात्रा तितरवितर भएको थियो । फूलपाती जात्राले बजार परिक्रमा गर्ने क्रममा बजारको ठाउंठाउंमा स्थानीयहरुले अविर र फलपूmलले स्वागत गरेका थिए ।
प्रमुख शक्तिपिठ बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोटमा मंगलवार विहान ९ बजेर २० मिनेट गएको बेला बाजागाजा सहित फूलपाती भित्र्याइएको छ । फूलपाती मेला हेर्नका लागि गाउंगाउंबाट मानिसहरु बाला त्रिपुरा सुन्दरी मन्दिर त्रिपुराकोट पुगेका थिए । त्यसै गरी माइ मन्दिर सर्मि, कालिका मन्दिर ओक्ट, सेतिमाइको मन्दिर होर्त लगायत डोल्पाका विभिन्न देवि मन्दिरहरुमा फूलपाती भित्र्याइएको छ ।
डोल्पाका विभिन्न गाउंबस्तिहरुका नव दुर्गा भवानीका भक्तहरुले आफ्नो घरघरमा नव दुर्गा भवानी पुजाका लागि फूलपाती भित्र्याएका हुन् । त्रिपुराकोट, सर्मि, नर्कु, कालिका, होर्त, ओक्ट, दुनै लिकु लगायतका विभिन्न गाउंमा दशैको मेला लाग्ने भएकाले निकै रमाइलो बनेको छ ।
दुनै बजारमा यही वारिपोरिका स्थानीय, केही व्यापारीहरु, सुरक्षा निकायका सुरक्षाकर्मीहरु रहेको देखिन्छ । त्यो पूmलपाती जात्राले पनि देखाएको छ । दुनैमा मंगलवार विहान निकालिएको पूmलपाती जात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी मात्र देखिन्थे स्थानीयहरुको निकै कम उपस्थिति रहेको थियो ।
गाउंमा दशैको चटारो बढेको छ । घरघरमा खसिबोका किन्ने, फूलपाती भित्र्याउने, आवश्यक विभिन्न सरसामान किनमेल गर्ने, विभिन्न देवि मन्दिरहरुमा पुजाअर्चना गर्ने, घर आगन, गाउंटोल, मठमन्दिर, धारा चौतारा सरसफाई गर्ने, मेला जात्राको तयारी गर्ने कामले सम्पूर्ण हिन्दुहरुको मात्र होइन अन्य धर्मावलम्बिहरुको घरमा समेत चटारो बढेको छ । डोल्पाबासिहरुको घरमा दशैले झपक्कै छोपिसकेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





