समाचार तथा गतिविधि
बत्तिको खुसि झिपिक्क मात्र
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), २३ असोज – यतिखेर डोल्पाको सदरमुकाम दुनै मर्मत पछिको बत्तिको पर्खाइमा दिन काटि रहेको छ । सोमवार त्यही बत्तिको पर्खाइमा रहेको दुनै बासिले झिपिक्क सुखि मनाए ।
सबै जना बत्तिको पर्खाइमा बसेको ३५ दिन पछि सोमवार सांझ ५ बजेतिर बत्तिले झिपिक्क सुखि दियो । मर्मत पछि बत्ति आउने बित्तिकै दुनै बजारमा खुसिले एक छिन कोलाहल मच्चियो । सबै जना रमाय तर त्यो खुसि साढे २ घण्टा पनि टिकेन । पुनः दुनै बजार साढे सात नबज्दै अध्यारोले चकमन्न भयो ।
बुझ्दा पावर हाउसमा आएको पेनस्टक पाइपको स्वासर उक्केर पावर हाउस भरि पानी भरिएको खबर सुनियो । नहरको मर्मत गरिएको ठाउंमा पनि पानी चुहिन नछोडेकाले मंगलवार मर्मतको तयारी भैरहेको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र डोल्पाले जनाएको छ ।
वासर फेरेर मर्मत गरिएको नहरको चुहिने ठाउंको सिमेन्ट फेरी फोरेर बनाउने खबरले बजार तातिएको छ । भने दुनै बासि र आसपासका बासिन्दाहरुको बत्ति बाल्ने आशा सेलाएको छ । मंगलवार पानी सिपेच(चुहिने) ठाउंमा मर्मत भए पछि बिहिवारसम्म पानी ल्याउन सकिने र त्यही दिनबाट बत्ति दिने विधुत वितरण केन्द्र डोल्पाका निमित्त प्रमुख कालिबहादुर महतले जानकारी दिएका छन् ।
राम्रोसंग मर्मत नगरेर काम चलाउ रुपमा टालिएको नहरले बिचमा धोका दिन सक्ने पनि वितरण केन्द्रकै एक कर्मचारीले बताए । राम्रोसंग इस्टिमेट गरेर नहर मर्मत गरी बत्ति छिटो बाल्ने काम गर्नु पर्ने स्थानीयहरुको माग रहेको छ । डोल्पाको सदरमुकाम दुनै मंगलवार ३६ औं दिन पछि अध्यारोमा डुबिरहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





