समाचार तथा गतिविधि
दुनै बजार अनुगमन, मिति गुज्रीएका सामान नष्ट
सुकमाया थापा,
रेडियो डोल्पा एफ.एम.
डोल्पा, २२ असोज – जिल्ला प्रशासन कार्यलय डोल्पाको नेतृत्वमा सदरमुकाम दुनै बजारमा आइतवार संयुक्त अनुगमन गरिएको छ ।
बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु सोमवार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायव उपरीक्षक अवदेश बिष्ट, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा, अनुसन्धान प्रमुख सुमनकुमार भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाका हरी न्यैपाने, पत्रकारहरु समेतको रोहबरमा जिल्ला प्रशासन कार्यलय डोल्पाको परीसरमा नष्ट गरीएको छ ।
बरामत गरिएका समानहरुमा दालमोट ६७ प्याकेज, बिस्कुट ८ पिस, सानो भुजा ५ पिस, मुना चिया ९ प्याकेज, बेसार ८ पोका, चाउचाउ ३८ पोका, सब्जि मसाला ६ प्याकेज, लिचि जुस ३८ बट्टा, धारा तेल २० पोका, धिउ २ बट्टा गरी २२ हजार बराबरको दैनिक उपभोग्य अखाद्य भैसकेको सामान नष्ट गरीएको हो ।
अनुगमनमा उधोग बानिज्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उधोग विकास समिति, नेपाल प्रहरी, सञ्चार कर्मीहरु र अन्य निकायका प्रतिनिधिहरुको सहभागीता गरिएको अनुगमन टोलीले मिति गुज्रिएका अखाध बस्तुहरु विभिन्न पसलहरुबाट बरामत गरेको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





