समाचार तथा गतिविधि
पाँचौ डोल्पा कप फुटबलको सेमिफाइन आज
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असोज – अघिल्लो शुक्रवारदेखि सुरु भएको पाँचौ डोल्पा कप फुटबल प्रतियोगिताको सेमिफाइन खेल जिल्ला खेलकुद विकास समिति डोल्पाको खेल मैदानमा हुने छ ।
डोल्पा कप फुटबल प्रतियोगितामा सहभागि १४ टिम मध्ये लिग र नकाउट चरण पार गर्दै ४ वटा फुटबल टिमहरु दुनै भ्याली क्लव, जिल्ला स्वास्थ्य टिम, थाला ए टिम र जगदुल्ला फुटबल टिम सेमिफाइनलमा पुगेका छन् ।
आज आइतवार जिल्ला खेलकुद विकास समिति डोल्पाको खेल मैदानमा हुने सेमिफाइनलमा दुनै भ्याली क्लव र जगदुल्ला फुटबल टिम बिच, स्वास्थ्य टिम र थाला ए टिम बिच सेमिफाइनल खेल हुने छ । यी दुई खेलबाट जितेर आउनेका बिचमा बिजेता टिमका लागि खेल हुने छ भने हार्नेहरुका बिचमा तेस्रोका लागि खेल हुने आयोजक दुनै भ्याली क्लवले जनाएको छ ।
दुनै भ्याली क्लवले पांच वर्ष अघिदेखि डोल्पा कप फुटबल प्रतियोगिता गर्दै आएको छ । यस कपको पुरस्कार राशी प्रथमलाई १ लाख १ हजार नगद र प्रमाणपत्र, द्धितीयलाई ४० हजार र प्रमाणपत्र र तृतीय टिमलाई २० हजार नगद र प्रमाणपत्र रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
रेडियो बन्द हुने समय
11:00 am-3:15 pm
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





