समाचार तथा गतिविधि
अब डोल्पामा वेलुकी ७ बजे पछि मदिरा बेच्न नपाइने
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), १८ असोज – मध्यपान तथा मदिरा विक्रिवितरण तथा सेवनमा निकै समस्यापूर्ण रहेको डोल्पामा अबदेखि वेलुकी ७ बजे पछि मदिरा विक्रिवितरण गर्न प्रतिवन्द गरिएको छ ।
प्रहरी प्रशासनले दशै तिहारमा हुने विभिन्न अपराधहरु रोक्न र शान्ति सुरक्षा कायम गरी राख्नका लागि मदिरा विक्रिवितरणमा नियन्त्रण गगरेको हो । बिहिवार बेलुकी साढे ६ बजेसम्म जिल्ला प्रहरी कार्यालय डोल्पाको प्राङ्गणमा बसेको सर्ब पक्षिय बैठकले गरेको निर्णयले उक्त निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार मदिरा विक्रिवितरणमा नियन्त्रण मात्र होइन घरेलु मदिरा विक्रिवितरण गरे कानुन बमोजिम कारवाही गरिने छ । सिलबन्दी मदिरा पनि जताभावि विक्रिवितरण गर्न नपाइने, बेकुली ७ बजेपछि मदिरा बिक्रिवितरण गर्न नपाइने, १८ वर्ष मुनिका बालबालिकाहरुलाई मदिरा विक्रिवितरण गर्न नपाइने, मदिरा सेवन गरेर होहल्ला गरी शान्ति खलबल्याउने कार्य गर्न नपाइने, बेलुकी ८ बजेपछि मदिरा सेवन गरी वा नगरी होहल्ला गर्न नपाइने, मदिरा सेवा गरेर सेवा लिन आउने कुनै पनि व्यक्तिलाई सरकारी कार्यालयहरुमा निषेध गर्ने, जुवातास खेल्न र खेलाउन नपाउने व्यवस्था गरिएको छ ।
स्थानीय सरकारका प्रतिनिधि, उद्योग वाणिज्य संघ, होटल व्यावसायी पत्रकार लगायत उपस्थिति रहेको सर्ब पक्षिय बैठकले यी कुराहरुमा नियन्त्रण गर्ने र यी निषेध गरेका काम गरेमा कुनै कसैको भनसुन नभनिकन कानुनले जे भन्छ त्यस अनुसार काडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । प्रजिअ थापाका अनुसार मदिरा, जुवातास नियन्त्रणका लागि ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपानेको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
दशै तिहारमा हुने विभिन्न चाडबाडमा भिडभाड हुने र त्यसमा मदिरा सेवन गरी झगडा लगायतका विभिन्न अपराध हुन नदिन र शान्ति सुरक्षा कायम गरी राख्नका लागि मध्यपान र जुवातास नियन्त्रण गर्नु परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक अवदेश विष्टले जानकारी दिए । उनले थपे दशै तिहारमा बजारका व्यापारिहरु घर तर्फ लाग्ने भएकाले सुनसानको मौका छोपी चोरी हुने भएकाले यो वर्ष चोरि नियन्त्रणका लागि प्रहरी प्रशासनले कडाई गर्नेछ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





