समाचार तथा गतिविधि
डोल्पामा निशुल्क वृहत स्वास्थ्य शिविर संचालन
रेडियो डोल्पा एफ.एम.
डोल्पा, १५ असोज – डोल्पाको सदरमुकाम दुनैमा एकैठाउंमा सबै सेवा सुविधा उपलब्ध हुने गरी निशुल्क वृहत स्वास्थ्य शिविर सोमवारबाट सुरु भएको छ ।
विभिन्न स्वास्थ्य समस्याहरु पालेर बसेका डोल्पा जस्तो दुर्गम जिल्लामा एकएक पाइला काठमाण्डौको आयोजनामा डोल्पाको जिल्ला अस्पताल दुनैमा सोमवारदेखि निशुल्क वृहत स्वास्थ्य शिविर संचालन भएको छ ।
सोमवारदेखि सुरु भएको निशुल्क वृहत स्वास्थ्य शिविरमा स्वास्थ्य जांच गराउन गाउंबाट स्थानीयहरुको ओइरो लागेको छ । सबै सेवा एकै ठाउंबाट उपलब्ध हुने भए पछि यस्तो घुइचो लागेको । एक एक पाइला काठमाण्डौंका अध्यक्ष सुमन शमशेर थापाले बताए ।
शिविर सुरु हुने दिन सोमवार निकै भिड बढेकाले स्वास्थ्य जांच गर्न सक्ने जतिमात्र २ हजार जनालाई टोकन वितरण गरिएको र १ हजार २ सयको स्वास्थ्य परिक्ष्ँण भएको आयोजक संस्थाले जनाएको छ । वृहत निशुल्क स्वास्थ्य शिविरमा स्त्रिरोग तथा महिलाहरु धेरै रहेको पाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
वृहत निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, सामान्य, नाक कान घांटी, बाल रोग, आंखा रोग, हाड जोर्नी, रोडियोलोजी, छाला रोग, स्त्री रोग, रक्त परीक्षण, दन्त परीक्षण, एचआइभी एड्स एचसिभी परीक्षण तथा परामर्श, सामान्य शल्यक्रिया समेत सेवा उपलब्ध गरिएको आयोजकले जनाएका छन् ।
शिविरका लागि जिल्ला अस्पताल डोल्पा, फत्तेबाल आंखा अस्पताल फुलटेंग्रा नेपालगञ्ज, ठुलीभेरी नगरपालिका जुफाल डोल्पा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा, इम्प्याक्ट नेपाल र स्पर्श नेपालले समेत सहकार्य गरेका छन् । सोमवारबाट सुरु भएको शिविर ३ (तीन) दिनसम्म चल्ने छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





