समाचार तथा गतिविधि
पहिरोले भत्काएको विधुतको नहर निर्माण कार्य हुदै
सुकमाया थापा
रेडियो डोल्पा एफ एम
डोल्पा, भाद्र ३० – पहिरोले भत्काएको जैरिगाड जलविधुतको नहर बिहिबारदेखि निर्माण भैरहेको छ । यही भदौ १९ गते मंगलबार राती पहिरोले नहर भत्काउदा विधुत आपुर्ति अबरुद्ध भएको थियो । जैरी गाडको खोला नजिकै कुलो देखि माथी बाट आएको पहिरोले करिव ४० मिटर जती नहर पहिरोले पुर्नुका साथै केही भाग भत्काए पछि विधुत अबरुद्ध भएको हो । नहर धेरै भत्कीएकोले निर्माण गर्न कठिन भएकाले ढिलाइ हुन गएको नेपाल विधुत प्राधिकरण विधुत वितरण केन्द्र दुनैका प्रमुख शंकरसिंह ठकुरीले जानकारी दिनु भएको छ ।
उक्त नहर निर्माण गर्न हिजो भाद्र २८ गते बिहिबार देखी नेपाल सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय जनता, कर्मचारी लगाएतले श्रमदानमा नहर निर्माणको काम गर्दै आइरहेका छन् । पहिरोले पुरेको कुलोको बालुवा फाली सकिएको छ भने फलामको पेनस्टक पाइपलाई किचेको ठुलो ढुङ्गा फोर्ने काम भइरहेको छ ।
फेरीपनी पहिरो आउन सक्ने सम्भावना भएकोले काममा निकै खतरा रहेको अवस्थालाई वास्ता नगरी निर्माणको काम भैरहेको छ । पहिरो गएपछि विधुत प्राधिकरण क्षेत्रबाट प्राविधिक टोली बोलाई स्थलगत अध्ययन अवलोकन गरेर गैसकेका छन् । स्थायी रुपमा बत्रि बाल्नका लागि वोलपत्र आह्वान गरी ठेक्का मार्फत निर्माण गर्नु पर्ने र त्यो लामो समय लाग्ने भएकाले अस्थायी रुपमा प्लास्टीकका पाई राखेर भएपनी बत्ति बाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायत सबै सरोकारवालाहरुको टोलीको सहयोगमा काम भैरहेको ठुलीभेरी नगरपालिका ३ नं.वडाका वडाअध्यक्ष अर्णबआदुर न्यौपानेले बताउनु भयो ।
नहर भन्दा माथी अझै पहिरो आउने सम्भावना भएकोले लामो समय सम्मा विधुत अवरुद्ध हुन सक्ने र निमार्ण कार्य गर्दा पनी पहिरो खस्ने सम्भावना भएको जैरीगार्ड पुगेर फर्कीनु भएको स्थानिय टिकादत्त न्यौपानेले बताउनु भयो ।
आज ३० गते शनिबारको अबसर पारेर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा प्रहरी नायव उपरीक्षक अबदेश विष्ट, नेपाली सेनाका सेनानि, जनप्रतिनिधि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, स्थानिय बासि, पत्रकार, उद्योगी व्यापारीहरुले कुलो भित्रको बालुवा फाली मर्मत कार्य गरेको र ढुंगा पन्छाउने काम तिब्र रुपमा भैरहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु)
05:30 am-06:00 am
साझा खबर
06:00 am-06:30 am
समाचार (विहान)
06:30 am-07:00 am
हाम्रो कानुन
07:30 am-08:00 am
सबै हेर्नुहोस्





