clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
विविध कार्यक्रमका साथ संविधान दिवस सम्पन्न
लेखबहादुर बुढा
   डोल्पा(दुनै), ३ असोज – नेपालको सबैभन्दा पछि परेको डोल्पा जिल्लामा बुधवार नेपालको तेस्रो संविधान दिवस विभिन्न कार्यक्रम संचालन गरेर मनइएको छ । 
   जिल्ला समन्वय समिति डोल्पाको आयोजनामा मंगलबाट मनाउन थालिएको तेस्रो संविधान दिवसको दोस्रो दिन बुधवार डोल्पाको सदरमुकाम दुनैमा भव्य रुपले सम्पन्न गरिएको छ । स्थानीय परिस्थिति अनुसार उपलब्ध साधन र स्रोतलाई उपयोग गरी जिल्ला समन्वय समिति डोल्पाले नेपालको संविधान २०७२ जारी भएको तेस्रो वर्ष पुरा भएको उपलक्षमा दिवस मनाइएको हो । 
   दिवस मनाउने क्रममा बुधवार विहान समृद्ध नेपाल सुखि नेपाली मुल नारा सहित प्रभातफेरी गरेर दुनै बजार परिक्रमा गरिएको थियो । बजार परिक्रमा गरेर जिल्ला समन्वय समिति डोल्पाको प्राङ्गणमा पुगी दिवस समारोहमा परिणत भएको थियो । 
   कार्यक्रममा ध्रुवतारा आधारभुत विद्यालय उपल्लोदुनै, बालमन्दिर आधारभुत विद्यालय दुनै, सरस्वति माध्यमिक विद्यालय दुनै र दुनै बोर्डिङ स्कुल दुनैले विभिन्न नृत्य, गित र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । 
   यसका साथै दोहोरी गित प्रतियोगिता संचालन गरिएको थियो । दोहोरी गित प्रतियोगितामा ६ टिम दर्ता भएको थियो । दोहोरी गीत प्रतियोगिताामा सुकमाया थापा, चिना बि.क. र अमृता रोकायाको टिम पहिलो, लेखबहादुर बुढा, सरोज थापा र विवश बुढाको टिम दोस्रो र दलबहादुर बस्नेतको टिम तृतीय भएका थिए । पहिलो, दोस्रो र तृतीय टिमलाई क्रमशः ३ हजार, १ हजार ५ सय र १ हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 
   कार्यक्रममा सहभागि विद्यालयहरुलाई प्रोत्साहन स्वरुप सहभागितात्मक रुपमा दामासाहीका हिसाबले १ हजार ५ सय नगद पुरस्कार र प्रसंसापत्र प्रदान गरिएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । 
   त्यस बाहेक मनोरञ्जनका लागि अन्य कलाकारहरुले पनि आ–आफ्ना संगितक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा पूर्व सभासद दुधकुमारी हमाल, नेकपा भित्रको जिल्लामा एकिकरण वाहिर नआएकाल पूर्व एमालेका लंकबहादुर रोकाया, नेपाली कांग्रेसका केशव रोकाया,े पूर्व माओवादी केन्द्रकी उर्मिला विश्वकर्मा, नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, ठुलीभेरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने लगायतले मन्तव्य राखेका थिए । 
   जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा भएको दिवस समारोहमा माननिय जिल्ला न्यायाधिश प्रकाशकुमार काफ्लेको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियो । दुनै स्थित आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधारी लक्ष्मी पौडेल लगायत कार्यालय प्रमुखहरु, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विद्यार्थी, उद्योगी व्यवसायी, सर्वधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
   तेस्रो संविधान दिवसको अवसरमा मंगलवार जिल्लाका सबै स्थानीय तह जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय र सर्वसधारणहरुले दिपावली गरेका थिए । मंगलवारदेखि तीनदिनसम्म दिपावली गरिने जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । 
   तेस्रो संविधान दिवसको अवसरमा ठुलीभेरी नगरपालिका जुफाल डोल्पाले आदर्श माध्यमिक विद्यालय जुफालमा दिवस समारोहको आयोजना गरी विभिन्न सांस्कृतिक प्रस्तुति सहित मनाएको छ । त्यसै गरी जिल्लाका सबै स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रका विभिन्न कार्यक्रमहरु गरेर भव्य रुपमा संविधान दिवस मनाइएको जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
हाम्रो कानुन 07:30 am-08:00 am
सबै हेर्नुहोस्