समाचार तथा गतिविधि
फराकिलो मतान्तरले वाम गठबन्धनको एमाले अगाडि
विष्णुलाल बुढा
डोल्पा(दुनै), २२ मंसिर – शुक्रवार विहान ८ः३० बजेसम्मको ताजा परिणाम अनुसार फराकिलो मतान्तरले बाम गठबन्धनबाट एमालेका प्रतिनिधि सभा सदस्य धनबहादुर बुढा र प्रदेश क मा वाम गठबन्धनकै एमालेका नन्दसिंह बुढा अगाडि छन् । प्रतिद्धन्द्धीका रुपमा रहेको लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वारहरु निकै फरक मतले पछ्याई रहेका छन् ।
मतगणनाको अवस्था हेर्दा प्रदेश क को मतगणनाको अन्तिम परिणाम केही समयमै आउने अनुमान गरिएको छ । यस प्रदेश क मा ६ हजार ९ सय खसेकोमा एमालेका उम्मेद्वारको बिजय निश्चित भएको अनुमान भैसकेको छ ।
प्रतिनिधिसभा
१. धनबहादुर बढा (एमाले)
४७५९
२. अंगदकुमार बुढा (कांग्रेस)
१७९७
३. हर्कबहादुर ठकुल्ला(माले)
१३१
४. अर्जुनबहादु शाही(राष्ट्रिय जनमुक्ति पार्टी)
०१५
बदर मत ः २९६
गनिएको मत ः ७१९६
प्रदेश–क
प्रदेश क को मतगणनाको मत परिणाम विहान ६ बजे पछि आएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले यस निर्वाचन क्षेत्रको चुनावी परिणाम घोषणा गर्ने तयारी गरिएको छ । यस क्षेत्रमा वाम गठबन्धनका एमाले उम्मेद्वार नन्दसिंह बुढा प्रदेश क मा बिजयी भएको अनुमान भैसकेको छ ।
१. नन्दसिंह बुढा (एमाले)
३३१५
२. वेगमसिंह ठकुरी (कांग्रेस)
९५७
बदर मत ः ५५
गनिएको मत ः ४३२७
प्रदेश–ख को मत गणना सुरु भएको छैन(ठाउं अभावका कारण प्रदेश क को मतगणना सकिए पछि मात्र ख को गणना गरिने भएको छ) ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





