समाचार तथा गतिविधि
डोल्पा जिल्ला खुला दिसा मुक्त घोषणा
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), कात्तिक ९ –
सबै सूचकहरु पुरा गरेका कारण डोल्पा जिल्लालाई बिहिवार एक विशेष कार्यक्रम गरी खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।
बिहिवार डोल्पा जिल्लाको सदरमुकाममा अवस्थित सरस्वति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रममा प्रमुख अतिथि खानेपानी तथा सरसफाई मंत्रालयका सचिव कृष्णराज बि.सी.ले ब्यानर पढेर र प्रमुद अतिथि सहित कार्यक्रमका अध्यक्ष एवम् जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले सयुक्त रुपमा पानसमा बत्ति बालेर डोल्पालाई बिहिवारदेखि खुला दिसामुक्त जिल्ला घोषणा गरेका थिए । घोषणा पछि डोल्पा जिल्ला नेपालको ४२ औं खुला दिसामुक्त जिल्ला बनेको छ भने कर्णालीमा तेस्रो खुला दिसामुक्त जिल्ला बनेको छ ।
खुला दिसामुक्त जिल्ला घोषणा गर्नु अघि जिल्लाबासिको तर्फबाट कार्यक्रममा उपस्थित सबैले प्रतिवद्धता गरेका थिए । आफूले कहिल्यै खुला रुपमा दिसा नगर्ने र अन्य जो कोहीलाई पनि खुला दिसा नगर्न आग्रह गरी जिल्लालाई खुला दिसामुक्त बाट पूर्ण सरसफाई युक्त बनाउन सहयोग गर्नेछु भनेर जिल्ला समन्वय समिति डोल्पका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तथा खुला दिसामुक्त जिल्ला घोषणा सभाका अध्यक्ष शेरबहादुर बुढाले आफूले बढेर सबैलाई छातिमा हात राखी सबैलाई सपथ खुवाएका थिए ।
डोल्पा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रममा विभिन्न झांकी नाच, गीत, कविता, कला प्रदर्शन गरेर मनाइएको थियो । जसमा लामा नाच, पैसेरी नाच, राइजुमा, चुटकिला, ख्याली, जुनियर राष्ट्र सेवक दलबाट कला प्रदर्शन गरिएको आयोजक जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति डोल्पाले जनाएको छ ।
घोषणा कार्यक्रममा डोल्पा जिल्लालाई खुला दिसामुक्त बनाउन विभिन्न अवस्थामा सहयोग गर्ने संघसंस्था, सरकारी कार्यालयहरु, विभिन्न व्यक्ति व्यक्तित्वहरुलाई प्रमाण पत्र तथा कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति डोल्पाका संयोजक शेरबहादुर बुढाको अध्यक्षतामा भएको खुला दिसामुक्त घोषणा कार्यक्रमलाई खानेपानी तथा सरसफाई मंत्रालयका सचिव कृष्णराज बि.सी., खानेपानी तथा दल निकास विभागका महानिर्देशक तेजराज मट्ट, मध्यपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाई, खानेपानी तथा सरसफाई क्षेत्रीय कार्यालय सुर्खेतका निर्देशक चन्द्रबहादुर के.सी., त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट डोल्पाका प्रमुख ओमबहादुर बुढा लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए भने जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले स्वागत गरेका थिए ।
डोल्पा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु अघि बाजागाजा, झांकी सहित प्रभात फेरीले दुनै बजार परिक्रमा गरी सरस्वति माध्यमिक विद्यालय दुनैको प्राङ्गणमा आएर घोषणा सभामा परिणत भएको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





