समाचार तथा गतिविधि
निशुल्क मुटुरोग स्वास्थ्य शिविर संचालन
विएल बुढा
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ६ कात्तिक –
निःशुल्क मुटुरोग परिक्षणको सुविधा नभएको डोल्पामा पहिलो पटक २ दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सोमवार सदरमुकाम दुनैमा सुरु भएको छ ।
डोल्पा जस्तो अति दुर्गम जिल्लामा पहिलो पटक २ दिने निशुल्क मुटुरोग स्वास्थ्य शिविर सोमवार सरस्वति माध्यमिक विद्यालय दुनैमा सुरु भएको छ । शिविरमा दुनै वरपरका विद्यालयहरुबाट बालबालिकाहरुलाई जिल्ला शिक्षा कार्यालय डोल्पाको निर्देशनमा बालबालिकाहरुको मुटुरोग परिक्षण गराइएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
मनमोहन मेमोरियल अस्पताल काठकाण्डौंको प्राविधिक सहयोगमा नेपाल मेमोरियल मुटु रोग तथा मधुमेह सेन्टरको मुटु जोगाऊं र जिल्ला स्वास्थ्य कार्यालय डोल्पाको आयोजना र जिल्ला शिक्षा कार्यालय डोल्पाको समन्वयमा शिविर सञ्चालन सुरु भएको हो ।
शिविरमा मुटुको प्रारम्भिक परिक्षण गर्ने, इसिजी र इकोलोजी गर्नु पर्ने आवश्यक्ता भएकोलाई इसिजी र इकोलोजी गर्ने, जांच गरिएका विरामीहरुलाई निशुल्क औषधि वितरण गर्ने गरिएको मुटु बचाउन अभियानका सचिव शेरबहादुर रानाले बताए । उनले थपे शिविर फोक्सुण्डो ताल छेउको तापरिचा माध्यमिक विद्यालयमा पनि यस पछि सञ्चालन गरिने छ ।
शिविरमा मुटुरोग देखियो र कडा उपचार गर्नु पर्ने भएमा पनि मनमोहन मेमोरियल अस्पताल र मुटु जोगाऊं कार्यक्रमले १८ वर्ष मुनिका बालबालिकाहरुलाई उपचारका लागि विरामी र एक जना कुरुवालाई काठमाण्डौं, लाने ल्याउने, बस्ने र सम्पूर्ण उपचार व्यहोरिदिने व्यवस्था भएको सचिव रानाले बताए ।
सरस्वति माध्यमिक विद्यालय दुनैमा सोमवारबाट सुरु भएको निशुल्क मुटु रोग परिक्षण शिविर मंगलवारसम्म सञ्चालन गरिने छ । शिविरमा विशेषज्ञ डा.हरु डा.उत्तमक्रिष्ण श्रेष्ठ, डा. अनिल भट्टराई, डा.फ्रान्सेस्का कसडाई, डा. इरेने बोसी, डा. गुइलियानो गिउस्टी लगायत १४ जनाको टोलीले शिविरमा आआफ्नो सेवा दिएको मुटु जोगाऊंका सचिव रानाले बताए ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





