clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पामा कुनै पनि उम्मेद्वार उपर दावि विरोध परेको छैन
विएल बुढा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ६ कात्तिक –
 
   मंसिर १० गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गरेका उम्मेद्वारहरु उपर दावि विरोध दिने अन्तिम समय सोमवार सांझ ५ बजेसम्म कसैका उपर पनि दावि नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 
   डोल्पा लगायत हिमाली र पाहाडी गरी ३२ जिल्लाहरुमा आगामी मंसिर १० गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि डोल्पामा आइतवार प्रतिनिधि सभा सदस्यका लागि ५ जना, प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ मा ४  जना र क्षेत्र नं. २ मा पनि ४ जनाले मनोनयन पत्र दर्ता गराएका थिए । 
   उम्मेद्वार उपर दावि विरोध लगाउने समय सोमवार बेलुका ५ बजेसम्म तोकिएको थियो । उक्त तोकिएको समय भित्र कसैले कसैका विरुद्ध दावि विरोध दर्ता गराएका छैनन् । बुधवार दिउसो १ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । प्रतिनिधि सभा सदस्य बाहेक प्रदेश सभा सदस्यका उम्मेद्वारहरुले एकले अर्कोलाई मनोनयन पत्र फिर्ता लिन लगाउन एकापसमा छलफल सुरु गरेको सुनिएको छ । 
   कुनै उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएनन् भने एउटा निर्वाचन क्षेत्र रहेको डोल्पामा प्रतिनिधि सभा सदस्यमा ५ जनाले प्रतिस्पर्धा गर्ने छन् । प्रदेश सभा सदस्यमा पनि निर्वाचन क्षेत्र नं. १ मा ४ र निर्वाचन क्षेत्र नं. २ मा पनि ४ जनाकाबीच चुनावी प्रतिस्पर्धा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्