clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
भलिबल प्रतियोगिता सम्पन्न, साईक्वारी युवाक्लब प्रथम
रुपलाल वोहोरा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ३ कात्तिक –
   
   जुनियर पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिवल प्रतियोगितामा साइक्वारी युवा क्लब माझफाल प्रथम भएको छ । 
   जुनियर पुरुष भलिबल प्रतियोगिता बिहीबारबाट शुरु भएर शुक्रबार सम्पन्न भएको थियो । हिन्दुहरुको महान दोस्रो ठुलो चाड तिहारको अबसरमा ठुलीभेरी नगरपालिका वडा न ५ स्थापना भएको साईक्वारी युवाक्लबले आयोजना गरेको थियो । 
   नगरपालिका भित्रका ११ वटा टिमले भाग लिएका थिए । २ दिन सम्म चलेको सो प्रतियोगितामा आयोजक साइक्वारी युवा क्लब प्रथम, ठुलीभेरी युवाक्लब ६ ताली द्धितीय र ठुलीभेरीकै जुफाल युवाक्लब तृतीय भएको छ । 
   त्यसै गरी खेलमा अनुशासित टिमको रुपमा लालीगुरँंस युवाक्लव ठुलीभेरी नगरपालीका ५ लाहाराले पाएको छ भने सम्पुर्ण खेलाडी मध्येबाट साइक्वारी युवाक्लबका खेलाडी सुमन रोकायाले पाएको आयोजक क्लवले बताएको छ । 
   पछिल्लो समयमा बिस्तारै हराउदै गएको भलिबल खेललाइ स्वास्थ्यका लागी खेल राष्ट्रका लागी खेल भन्ने मात्र सिमीत नराखी आफुहरुले सानै भएपनि खेलको आयोजना गरेको आयोजक क्लबका अध्यक्ष चन्द्रमान रोकायाले जानाकारी दिए् । यो डोल्पा जिल्लामा विभिन्न अबसरमा फुटबलको क्रेज बढेको तर भलिबल भने बिस्तारै हराउदै सेलाउदै गएको बताउछन् आठौ क्षेत्रिय भलिबल खेलमा छनोट भएका मुड्केचुला गाउपालीका वडा न ५ का एक खेलाडी लोकेन्द्र बहादुर शाहीले बताए । 
 
 
 
 
 

 

tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्