समाचार तथा गतिविधि
डोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दर्ता सम्पन्न
रेडियो डोल्पा एफ.एम.
डोल्पा, 3 कात्तिक –
मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पामा प्रतिनिधि सभा सदस्यका लागि ५ र प्रदेश सभा सदस्यका लागि ४, ४ जनाको उम्मेद्वारी परेको छ ।
प्रतिनिधि सभा सदस्यका लागि १ वटा निर्वाचन क्षेत्र रहेको डोल्पामा आइतवार बाम गठबन्धनका तर्फबाट एमालेका निवर्तमान सांसद धनबहादुर बुढा, नेपाली कांग्रेसका अंगदकुमार बुढा, नेकपा(माले) का हर्कबहादुर ठकुल्ला, राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाही र स्वतन्त्रबाट वीरबहादुर रोकाया गरी ५ जनाले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले बताएको छ ।
त्यसै गरी प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का नन्दसिंह बुढा, नेपाली कांग्रेसका वेगमसिंह ठकुरी, राप्रपा(प्रजातान्त्रिक)का कर्णबहादुर बुढा र स्वतन्त्रबाट जगतबहादुर कठायत गरी ४ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बीरबहादुर शाही, नेपाली कांग्रेसका सुरेसबहादुर शाही, नयां शक्ति पार्टी नेपालका पुष्पराज बुढा र स्वतन्त्रबाट जयबहादुर डसाल गरी ४ जनाले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञावालीले जानकारी दिए ।
मनोनयन पत्र दर्ता गर्न जाने क्रममा बाम गठबन्धनका उम्मेद्वारहरुले बाजागाजा सहित बजार परिक्रमा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । बाम गठबन्धनबाट कसैको पनि बागि उम्मेद्वारी परेको छैन । प्रजातान्त्रिक गठबन्धनमा रहेका पार्टीहरु नेपाली कांग्रेसका उम्मेद्वारहरुले र्याली सहित बजार परिक्रमा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । अन्य दलहरुको त्यति धेरै तामझाम देखिएन ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रजातान्त्रिक गठबन्धनमा भने प्रतिनिधि सभा, प्रदेश सभाका दुबै सिट तर्फ विद्रोही उम्मेद्वार देखिएका छन् । प्रतिनिधि सभा सदस्यमा वीरबहादुर रोकायाले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष बिजय गच्छदार नेपाली कांग्रेस प्रवेश गरे पनि डोल्पामा विद्रोह गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
प्रदेश सभा सदस्यमा पनि निर्वाचन क्षेत्र नं. १ मा प्रजातान्त्रिक गठबन्धनका नेपाली कांग्रेस र राप्रपा(प्रजातान्त्रिक)ले छुट्टा छुट्टै उम्मेद्वारी दिएका छन् । भने राप्रपाका जगतबहादुर कठायतले विद्रोहीका रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
उता प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र नं. २ मा प्रजातान्त्रिक गठबन्धन नेपाली कांग्रेसका उम्मेद्वारका विरुद्धमा नेपाली कांग्रेस कै जयबहादुर डसालले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् भने प्रजातान्त्रिक गठबन्धनमा सहभागि नयां शक्ति पार्टी नेपालले पनि उम्मेद्वारी दर्ता गराएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





