समाचार तथा गतिविधि
उम्मेद्वारहरु टिकट लिएर पर्कने क्रम सुरु
वीरबहादुर डसाल
डोल्पा, कात्तिक ३ –
नेपालकै अति पछि परेको डोल्पा जिल्लामा आउन जाने समेत कठिन रहेको अवस्थामा पनि डोल्पामा क्रियाशील राजनीतिक दलका नेताहरु टिकट लिएर फर्कन थालेका छन् ।
एमाले एक्लैले जित्ने सुनिश्चित र प्रमुख प्रतिद्धन्दीमा माओवादी केन्द्र आउने राजनीतिक अवस्था रहेको डोल्पामा वामपन्थी र प्रजातन्त्रिक धारकाबीचमा चुनावी प्रतिस्पर्धा भए पनि वामपन्थिहरुको अवस्था बलियो देखिए पनि आआफ्नो दलबाट चुनाव लड्न टिकट लिएर नेताहरु केन्द्रबाट फर्कन थालेका छन् ।
निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने दिन नजिकिदै आएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेताहरु कर्ण बुढा र योगेन्द्रबहादुर शाही बिहिवार नै डोल्पा पुगेका छन् । तर टिकट नलिएरै डोल्पा पुगेको र केन्द्रबाट अझै डोल्पाका लागि टिकट निर्णय भैनसकेको राप्रपा डोल्पाका अध्यक्ष एवम् ठूलीभेरी नगरपालिका डोल्पाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले बताए ।
नेपाली कांग्रेसका सभापति अंगदकुमार बुढा लगायतका नेताहरु टिकट लिएर शुक्रवार डोल्पा फर्केका छन् । बुढासंग पूर्व सभासद दुधकुमारी हमाल, प्रदेश सभा अन्तर्गत डोल्पा निर्वाचन क्षेत्र क का उम्मेद्वार वेगमसिंह ठकुरी डोल्पा पुगेको नेपाली कांग्रेस डोल्पाले जनाएको छ ।
उता वाम तालमेलका कारण सिट र टिकट निर्णय केही विलम्ब भएका कारण एमालेका नेताहरु भने टिकट लिएर शनिवार डोल्पा पुग्ने नेकपा एमाले डोल्पाले जनाएको छ । एमालेका छक्कबहादुर धराला, लंकबहादुर रोकाया लगायतका केही नेताहरु शुक्रवार डोल्पा पुगिसकेका छन् ।
वाम तालमेलको एक घटक माओवादी केन्द्रका नेताहरु पनि टिकट लिएर शनिवार नै डोल्पा आउने तयारी रहेको माओवादी केन्द्रले बताएको छ । माओवादी केन्द्र डोल्पाका संयोजक मालबहादुर रोकाया लगायतका केही नेताहरु भने डोल्पा पुगिसकेका छन् ।
वाम र प्रजातान्त्रिक धारमा बांडिएर प्रतिस्पर्धा गर्ने राष्ट्रिय निर्णय अनुसार एमाले र माओवादी केन्द्रको तालमेलले प्रजातान्त्रिक धार डोल्पामा निकै कमजोर देखिएको छ । वाम तालमेलको जित सुनिश्चित भएको माओवादी केन्द्र र एमालेका नेताहरुले बताएका छन् ।
वाम तालमेलले डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा एमालेका धनबहादुर बुढा, प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नं. क बाट एमालेका नन्दसिंह बुढा र निर्वचन क्षेत्र नं. ख बाट माओवादी केन्द्रका वीरबहादुर शाहीलाई उम्मेद्वार बनाएको नेकपा एमाले डोल्पाका सचिवालय सदस्य छक्कबहादुर धरालाले बताए ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा अंगदकुमार बुढा, प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नं. क बाट वेगमसिंह ठकुरी र ख बाट सुरेश शाहीले टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने शुक्रवार सांझ साढे ५ बजेसम्म टिकटको निर्णय नदिएको राप्रपा डोल्पाले जनाएको छ । नेपाली कांग्रेससंग तालमेलै भए पनि केन्द्रले जिल्लामा खबर दिनु पर्ने प्रतिनिधि सभा र प्रदेश सभा गरेर एउटा त राप्रपाले पाउनु पर्नेमा शुक्रवारसम्म निश्चित नभएको राप्रपा डोल्पाले बताएको छ । अन्य साना दलहरु को कसले के के मा टिकट पाए नपाएको कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





