समाचार तथा गतिविधि
स्थानीय तहमा विभाग अझै गठन भएनन्
रामकुमार नेपाली
डोल्पा एफ.एम.
डोल्पा, असोज ३१ –
स्थानीय तह निर्वाचन सम्पन्न भएर स्थानीय सरकार बनेको ५ महिना वितिसक्दा पनि स्थानीय तहमा रहने विभिन्न विभागहरु हालसम्म गठन हुन सकेका छैनन् ।
भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न विभाग गठन भएर स्थानीय तह सरकारको क्षेत्र भित्रका जनताहरुलाई सेवा पुर्याउनु पर्ने हुन्छ । तर विभाग नबनेकाले काममा सहजता आउन नसकेको ठूलीभेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरिप्रसाद डांगीले बताए । उनका अनुसार डोल्पाका कुनै पनि स्थानीय तहहरुमा विभागहरु गठन भएका छैनन् ।
विभागहरु गठनका सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्पष्ट निर्देशन प्राप्त नभएकाले विभाग गनठन गर्न नसकिएको र विभाग गठन नहुंदा सबैतिर प्रमुख आफैले हेर्नु पर्दा काम छिटो छरितो हुन नसकेको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले स्वीकारे । विभाग गठन नहुंदा स्थानीय तहहरुमा सम्बन्धित विषय क्षेत्रमा गहन रुपमा काम सुरु हुनै नसकेका निर्वाचित जनप्रतिनिधिहरु नै बताउछन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





