clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पालाई छिट्टै खुला दिसा मुक्त घोषणा गरिने
डोल्पा एफ.एम.
   डोल्पा, असोज ३० –
 
   खानेपानी तथा सरसफाई स्वच्छता समितिले स्वीकृति दिएकाले निकट भविश्यमा डोल्पा जिल्लालाई खुला दिसा मुक्त घोषणा गर्ने योजना रहेको छ । 
   डिवाससिसिको पुनरगठनपछि बसेको पहिलो सर्वपक्षिय बैठकले डोल्पाले खुला दिसा मुक्त जिल्ला घोषणा गर्नका लागि सम्पूर्ण सूचकहरु पुरा गरेकोले खुला दिसा मुक्त जिल्ला घोषणा गर्न सकिने निर्देशन प्राप्त भए पछि आगामी कार्तिक ९ गते डोल्पा जिल्लालाई खुला दिसा मुक्त घोषणा गर्ने कार्यक्रम राखिएको खानेपानी तथा स्वाच्छता समन्वय समिति डोल्पाका अध्यक्ष एवम्् जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए । 
   डोल्पालाई खुला दिसा मुक्त घोषणा गर्ने कार्यक्रमको प्रमुख अतिथिका रुपमा सम्माननिय राष्ट्रपति विद्यादेवि भण्डारीलाई आमण्त्रण गर्ने र अन्य अतिथि लगायत सबैलाई उपस्थितिका लागि अनुरोध गर्नको लागी पत्रचार गर्ने जिम्मेवारी जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सचिव उमेश झालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । 
   खानेपानी सम्वन्धीका विभिन्न निकायमा खर्च माग गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला खानेपानी तथा सरसरफाई समितिका अध्यक्ष शेरबहादुर बुढा, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रहरी नायव उपरिक्षक हरिप्रशाद शर्मा, नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढा लागएत विभिन्न सरोकारवाला निकायका व्यक्तीहरुको सहभागीत रहेको थियो ।  
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्