समाचार तथा गतिविधि
जनतालाई विना भेदभाव न्याय होस्
रेडियो डोल्पा एफएम
डोल्पा, कात्तिक १ –
प्रमुख शक्तिपिठ बाला त्रिपुरा सुन्दरी देविको दर्शन गर्न त्रिपुराकोट डोल्पा पुगेको प्रधानन्यायाधिश गोपाल पराजुलीले अनौपचारिक कुरा गर्ने क्रममा जिल्ला न्यायाधिशलाई जनतालाई सरल रुपमा न्याय दिने लगायत समसायिक विषयमा छलफल भएको थियो ।
बुधवार विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरमा माता बाला त्रिपुरा सुन्दरी देविको दर्शनका लागि त्रिपुराकोट मन्दिरमा पुग्नु भएको थियो । मन्दिरमा दर्शन गरेर एक छिन् स्वागतका लागि त्रिपुराकोट पुगेका डोल्पा जिल्ला अदालतका न्यायाधिश रमेशप्रसाद ज्ञवाली सहितको टोलीसंग समसामयिक विषयमा छलफल गरेका थिए ।
त्रिपुराकोटबाट हेलिकोप्टरबाटै नेपालकै गहिरो ताल फोक्सुण्डो अवलोकनका लागि प्रधानन्यायाधिश पराजुलीको टोली फोक्सुण्डो ताल पुगेको थियो । फोक्सुण्डो तालबाट फर्केर कालिदत्त गुल्मा सुलिगाडमा चिया नास्ता गरेर रोल्पा तर्फ लागेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीका अनुसार पराजुली रोल्पामा आयोजित कार्यक्रम सकेर बुधवारै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





