आगलागि नियन्त्रण र कसले लगाएको भन्ने कुराको खोजिमा कसैले पनि चासो देखाएका छैनन् । पौष २२ गते जुफाल विमानस्थल सुरक्षा टोलि प्रसनि विष्णु मल्लको एक टोलि आएर आगलागि नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम जुफालका ९ वटै वडामा गरको थियो । तर पनी आगलागि भइरहेको देखेता पनि नियन्त्रणका लागि भने कसैले कुनै कदम चालेका छैनन् । यसलाई नियन्त्रणमा नलिए वनभरि फैलिएर वन सखाप पार्ने देखिन्छ ।
गाउलेहरुको आम भेलाको निर्णय अनुरुप ५ वर्षका लागि बन्द गरिएको अमल्दापानि सामुदायिक वन समय अगावै समितिका केहि व्यक्तिले पुर्जी दिएको भन्दै २०६९ भाद्र १० गते जिल्ला वन कार्यालयमा निवेदन पेश गरिएको थियो । हल सोहि निवेदन अनुरुपको निर्णय हुन नपाउदै उक्त वनमा आगलागि भएको हो । यसरि विवादमा परेको वन भएकाले नै सम्बन्धित निकाय र स्थानिय वासिहरुले आगलागि नियन्त्रणका लागि चासो नदेखाएका हुन की ?
Loading...





