clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मंसिर १० को निर्वाचन सर्ने भनेपछि डोल्पाली चिन्तित
डोल्पा एफ.एम.
   डोल्पा, कात्तिक २ –
 
   डोल्पा लगायतका उच्च हिमाली र केही पहाडी जिल्लाका लागि तोकिएको मंसिर १० को निर्वाचन सार्ने तयारी भैरहेको उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोमालमान श्रेष्ठले गरे पछि डोल्पालीहरुमा चिन्ता छाएको छ । 
   उच्च हिमाली जिल्लामा पर्ने डोल्पामा मंसिर १० मै पनि हिमपात भयो भने निर्वाचन हुने हो की होइन भन्ने चिन्ता बढि रहेको बेला सरकारका उपप्रधानमन्त्री एमव् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बिहिवार विहान नेपाल वाणी नेटवर्कका पत्रकार ऋषि धमलासंगको कुराकानीमा प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन देश भरी एकै चरण मंसिर २१ गते गर्ने गरी तयारी भैरहेको भन्ने गोप्य रहस्य खोले पछि डोल्पामा झनै चिन्ता थपेको छ । 
   उच्च हिमाली जिल्ला डोल्पाका अति उच्च हिमाली भेगमा पर्ने माथिल्लो डोल्पाका ३ वटा गाउंपालिकाहरु शे–फोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्का ताङसोङ गाउंपालिकामा हिउं नपरेपनि चिसोले मंसिर २१ गते निर्वाचन गराउन धेरै कठिन हुने जिल्ला समन्वय समिति डोल्पाका उपप्रमुख नरबहादुर बुढाले बताए । उनले थपे डोल्पा लगायतका हिमाली जिल्लाहरुमा मंसिर २१ गते निर्वाचन गर्छु भन्नु आकाशका तार झार्छु भने जस्तै हो । 
   शिक्षामन्त्री श्रेष्ठको खुलासाबाट मंगलवार माओवादी केन्द्रका तर्फबाट गृहमन्त्री भएका जनार्दन शर्माले प्रधानमन्त्री देउवाले चुनाव सार्ने षडयन्त्र गरिरहेको भन्ने लगाएको आरोप सत्य सावित हुन पुगेको डोल्पाबाट निर्वाचित निवर्तमान सांसद धनबहादुर बुढाले बताए । उनका अनुसार माथिल्लो डोल्पामा मंसिर १० मै पनि चिर्वाचन गराउन कठिन हुने मौसम हो भने २१ गते त झनै कठिन हुन्छ । निर्वाचन आयोगले निर्वाचन टोली र सुरक्षाकर्मीहरुलाई हेलिकोप्टरबाट लिने ल्याउने गर्नु पर्छ । 
   वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री श्रेष्ठले पहिलो चरणको निर्वाचन सर्ने खुलासा गर्नु निकै विश्वास गर्ने विषय भएको बताउदै सरकारले निर्वाचन टार्नका लागि अनेक टिकडम गरेको आरोप माओवादी केन्द्र डोल्पाले लगाएको छ । 
   सरकारका आधिकारिक र विश्वासिला मन्त्रीले गरेको पहिलो चरणको चुनावलाई पछि सार्ने सरकारले तयारी गरेको भन्ने कुरा सुने पछि सम्पूर्ण डोल्पालीहरु स्तप्द भएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । उनले थपे यही मंसिर १० गते त हिमपात भयो भने कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न उठेको बेला झनै २१ गते सार्ने कुरा अनुचित हो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्