समाचार तथा गतिविधि
मुख्य निर्वाचन अधिकृतको कार्यलय खुल्यो
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असोज २९ –
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि डोल्पाको सदरमुकाम दुनैमा आईतार मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको छ ।
यहि आउदो मंसीर १० गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि डोल्पालाई निर्वाचन क्षेत्र एउटा मात्र निर्धारण गरिएको छ भने र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र बनाइएको छ । प्रदेश सभा निर्वचन क्षेत्र नं १ मा ठूलीभेरी नगरपालिका, काइके गाउंपालिका, छार्का ताङ्सोङ् गाउंपालिका र डोल्पोबुद्ध गाउंपालिका गरी ४ वटा स्थानीय तह परेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउंपालिका, जगदुल्ला गाउंपालिका र शे–फोक्सुण्डो गाउंपालिका गरी ४ वटा स्थानीय तह परेका छन् ।
उक्त मुख्य निर्वाचन अधिकृतको कार्यलयको मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत डोल्पाका माननिय न्यायाधिस रमेशप्रसाद ज्ञवालीले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरेका थिए । कार्यालय जिल्ला समन्वय समिति भित्र रहेको जिल्ला प्राविधिक कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । यस अघि २०७० को संविधान सभा निर्वाचन र २०७४ को स्थानीय तह निर्वाचनका लागि पनि यही भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





