clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
बहसमुलक रेडियो टेकओभर कार्यक्रम सम्पन्न
लेख बुढा 
रेडियो डोल्पा एफ एम 
असोज २५ –
 
   अन्तराष्ट्यि बालिका विसको अवसरमा देश भरिका ३ सय सामुदयीक रेडियो सगैँ डोल्पाको पहिलो समुदायीक रेडियो डोल्पा एफ एम बाट पनी विकउज आई एम गल भन्ने विश्व व्यापी अभियान अन्तरगत डोल्पामा पनी रेडियो बहस कार्यक्रम सम्पन्न भएको छ । 
   बाल अधिकार र बालिकाहरुको समानताका लागी क्रियाशील अन्तराष्ट्यि सँस्था प्लान इन्टरनेशनल नेपाल र समुदायीक रेडियो प्रसारक संघको सँयोजनामा सन्चालन भएको रेडियो बहस कार्यक्रम डोल्पा जिल्ला सरस्वती मावि दुनै कक्षा १० मा  अध्यन गर्ने बालिका मधु कुमारी शाहीले कार्यक्रम सन्चालन गरेकी थिइन् ।
   टेक आभर रेडियो बहस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशव राज आचार्य, नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा, महिला नेतृ कमलकुमारी शाही सहभागी अतिथिहरु थिए । उक्त रेडियो बहस कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी केशव राज आचार्यले यो कार्यक्रमले किशोरीहरुको क्षमता वृद्धि गरी नेतृत्वमा आउन सहयोग गर्ने बताएका थिए ।
   देश भरिका सामुदायीक रेडियो सगैँ डोल्पा जिल्लाको पहिलो सामुदायीक रेडियो डोल्पा एफ एममा पनी यो भन्दा कहिलै रेडियो कार्यक्रम नचलाएकी किसोरी मधु कुमारी शाहीले ढुक्क तरिकाले बाल अधिकार र बालिकाहरुको समानताको बारेमा प्रश्न गरेकी थिइन् । रेडियो बहस कार्यक्रममा बोल्दै नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले यस प्रकार किशोरीहरुलाई मुलधारमा ल्याउन वहसमुलक कार्यक्रमका सहयोगी निकायहरु प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ र कार्यक्रम चलाउने रेडियो डोल्पा धन्यबादको पात्र भएको बताएका थिए । 
   यो कार्यक्रमले डोल्पा जिल्लाका किसोरी तथा बालबालिकाको अवस्था देखि किसोरीहरुले म पनी केहि गर्न सक्छु र यो बहसले बालबालीकाहरुमा सकारात्मक सन्देश जाने आशाले यो कार्यक्रम सम्झौता गरिएको समुदायीक रेडियो डोल्पाका अध्यक्ष÷कार्यकारी निर्देशक बिष्णुलाल बुढाले बताएका थिए । रेडियो बहस कार्यक्रममा बोल्दै महिला नेतृ कमल कुमारी शाहीले किशोरीहरुलाई शिक्षित बनाई मुलधारमा ल्याउन अभिभावकहरु र अन्य सरोकारवालाहरुको गम्भिर जिम्मेवारी रहेको बताएकी थिइन् । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्