clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका विद्यालय खुले पनि पठनपाठन न्यून
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, असोज २७ –
 
   अत्यन्त पछि परेको डोल्पा विभिन्न कारणले शिक्षामा पनि निकै पछि परेको छ । किनकी विद्यालय खुलेको हप्ता नाघिसक्दा पनि पठनपाठन हुन सकेको छैन । 
   दशै विदा भएर शिक्षक विद्यार्थी घर गए पछि नफर्कदा विद्यालयहरुमा पठनपाठन हुन सकेको छैन । विद्यार्थीहरु विद्यालयमा नआउंदा सदरमुकाम दुनै कै विद्यालयहरुमा पठनपाठन हुन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत सिंहराज डांगीले बताए । 
   औपचारिक रुपमा विदा नगरिए पनि अनौपचारिक रुपमा विद्यालयहरुको पठनपाठन ठप्प रहेको छ । दशै विदामा घर गएका शिक्षकहरु नफर्कदा, विद्यँर्थीहरु विद्यालय नआएको, अभिभावकहरुले पनि आफ्ना बालबालिका पढ्ने विद्यालयमा पठनपाठनका लागि शिक्षक विद्यार्थी सक्रिय गराउन नसकेको, स्वयम् विद्यार्थीहरु पनि पठनपाठनमा भन्दा घरायसी काम र रमाइलोमा विताएर पढाई तिर निश्क्रिय रहेका कारण पठनपाठनमा समस्या हुने गरेको भेटिएको जिल्ला शिक्षा कार्यालय डोल्पाका शाखा अधिकृत एवम् विद्यालय निरिक्षक डांगीले बताए । 
   उनका अनुसार अभिभावकहरुले कडाई गरेका कान्जिरोवा आधारभूत विद्यालय दापु, सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पातारा, हिमज्योति आधारभूत विद्यालय सार्कीटोल लगायत जिल्लाका २० प्रतिशत विद्यँलयहरुमा यतिवेला पनि पठनपाठन भैरहेको छ । 
   सदरमुकाम सरस्वति माध्यमिक विद्यालय दुनैमै जिल्ला वाहिरका शिक्षकहरु नआएका कारण शिक्ष्ँकहरु छैनन् भनेर विद्यार्थीहरु नआउंदा पठनपाठन हुन नसकेको अनुभव गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । त्यसै गरी जिल्लाका धेरै विद्यँलयहरुमा शिक्षकहरुले विद्यार्थी आउंदैनन् भनेर वाहाना बनाएर पठनपाठन हुन नसकेको जस्तो पनि देखिने गरेको छ । 
   माथिल्लो डोल्पाका विद्यालयहरुमा भने दशै विदामा शिक्षकहरुलाई अभिभावक तथा विद्यालय व्यवस्थापन समितिहरुले नछोडेपछि अहिले पनि पठनपाठन भैरहेको छ । मध्य र तल्लो डोल्पाका अधिकांस विद्यालयहरुमा पठनपाठन भएको छैन । 
   कतिपय आधारभूत विद्यालयहरुमा भने शिक्षकहरु भएर पनि विद्यँर्थी नआउंदा पढाई हुन सकेको छैन । फिडर तथा माथिल्लो विद्यालयहरुमा पठनपाठन नहुने गरेका कारण तल्ला तहका विद्यालयहरुमा पढाई हुन नसकेको अवस्था छ । विद्यालयहरु खुलेका भए पनि २५ प्रतिशत जति मात्र विद्यार्थीहरु आएकोले पनि पढाई नभएको देखिएको किर्डाक नेपालका सामाजिक परिचालक सविना वोहोराले बताइन् । 
   विद्यालयहरुमा पठनपाठन हुन नसकेको सुनेको भए पनि जिल्ला शिक्षा कार्यालय डोल्पामा स्थानीय तह अनुसार ८ जना विद्यालय निरिक्षक आवश्यक भए पनि एक जना पनि नभएको र स्रोत व्यक्तिहरु पनि ८ जना आवश्यक भए पनि ३ जना मात्र भएकाले विद्यालय अनुगमन गर्न नसकिएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ । 
   विद्यालयहरुमा पठनपाठन नहुनुमा जिल्ला वाहिरका शिक्षकहरु समयमा नआउनु, अभिभावकहरुले आफ्ना बालबालिकाहरु विद्यालय पठाउन सक्रिय नहुनु, विद्यार्थी आफै पनि निश्क्रिय रहनु, सरोकारवालाहरुको चासो नरहनु लगायतका विविध समस्याहरुका कारण पनि पढाईमा प्रभावकारिता आउन नसकेको विद्यार्थी संगठनहरुले बताएका छन् ।  
    जिल्ला शिक्षा कार्यालय डोल्पाको तथ्याङ्क अनुसार आधारभूत विद्यालय ९७ वटा र माध्यमिक विद्यालय १५ वटा रहेका छन् । यी विद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरु ९ हजार ६ सय भन्दा बढि रहेका छन् । यी विद्यालयहरु मध्ये ३० प्रतिशत जति विद्यालयहरुमा राम्रो पठनपाठन भैरहेको छ भने बांकी विद्यालयहरु खुले पनि हाजिरी गरेर फर्कने गरिएको देखिएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्