समाचार तथा गतिविधि
डोल्पामा पनि श्रद्धाञ्जली कार्यक्रम
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असोज २६ –
निर्माण व्यवसायी संघ डोल्पाको आयोजनामा विहिवार निर्माण व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष स्वर्गिय शरदकुमार गौचनको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
निर्मान व्यवसायी महासंघका अध्यक्ष गौचनको दिन दाहाडै काठमाण्डौंको व्यस्त बजारमा गोली हानी हत्या गरिएको थियो । हत्या गरिएका अध्यक्ष गौचनको सम्झना र सम्मान स्वरुप व्यवसायीहरुले मृत आत्माको चीर शान्तिका साथै सोक सन्तप्त परिवारजन प्रति समवेदना अर्पण गरिएको निर्माण व्यवसायी संघ डोल्पाले जनाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष गौचन माथी काठ्मान्डौमा यहि असोज २३ गते दिउसो २ बजे अज्ञात समूहले गोली चलाउदा गाडिको सिसाबाट दुई ओटा गोली छातीमा लागी उपचारको क्रममा निधन भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा नेपाल निमार्न व्यवसायी संघ डोल्पाका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय, निर्माण व्यवसायी महासघं केन्द्रीय सदस्य हिम बहादुर बुढा, उधोग वाणिज्य सघं डोल्पाका अध्यक्ष लालिमान बुढा, निमार्ण व्यवसायीकहरु ह्रिप्रसाद डागीँ, गोकुल बहादुर डागीँ, धन बहादुर डागीँ, निराजंग शाही, भिमबहादुर डागी, नरबहादुर शाही, राजबहादुर डांगी लागएत अन्य व्यवसायी सर्वसाधारण पत्रकारहरुको सहभागीता रहेको थियो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





