समाचार तथा गतिविधि
प्रहरी जवानको लाश बल्ल घर पुर्याइयो
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असोज २६ –
काइके गाउंपालिकाको शहरताराबगरमा रहेको प्रहरी चौकीबाट गएको गस्तिबाट फर्कने क्रममा सोमवार सांझ अवेर चिप्लीएर भेरी नदिमा खसि मृतु भएका प्रहरी जवानको सव विहिवार आज हेलिकप्टर द्धारा मृतकको घरमा पुर्याएर बुझाईएको प्रहरीले जनाएको छ ।
हेलिकोप्टरबाट लाश मृतकको घरमा पठाउनु अघि दुनैमा प्रहरीले सलामी सहित श्रद्धाञ्जली अर्पन गरिएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट मृतक प्रहरी जवानको लाश उनको घरमा पुर्याएर आफन्तहरुलाई बुझाइएको छ ।
साविको सर्माली गाविस १ बैतडीका २५ बर्षिया शेरसिंह साउद डोल्पा जिल्लाको काईके गाउंपालीकाको शहरताराबगर प्रहरी चौकीमा कार्यरत थिए । आफ्नो सेवा क्षेत्रमा गस्ति गरेर फर्कने क्रममा गत सोमबार साझ साढ्े ५ बजेतिर चिप्लीएर भेरीमा खसेर बगेपछि साउदको निधन भएको थियो ।
मृतक साउदको सव मंगलवार खोजतलास गार्दा केही तल लावन बगर भन्ने ठाउंमा लाश भेटिएको थियो । उक्त लाशको मंगलवारै जिल्ला अस्पताल डोल्पामा ल्याएर पोष्टमार्टम गरेर सम्पूर्ण प्रक्रिया पुरा गरेर र हेलिकोप्टरबाट मृतकको लाशलाई विहिवार उनको घरमा बुझाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





