समाचार तथा गतिविधि
कर्णालीको जडिबुटी र सम्पदाको संरक्षण गर्न जरुरी छ
रेडियो डोल्पा एफ.एम.
जुम्ला, असोज २५ –
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीको बहुमुल्य जडिबुटी र सम्पदाको संरक्षण गर्नुपर्ने बताउनु भएको हो । कर्णाली क्षेत्र साँस्कृतिक धरोहर भएको सम्पदाको संरक्षण गर्नु आवश्यकता भएको उल्लेख गर्दै पर्यटकीय क्षेत्रको पनि व्यापक प्रचार प्रसार गरिनु पर्ने बताउनु भयो ।
राष्ट्रपति भण्डारीले कर्णालीमा पाइने जडिबुटीको उच्च महत्व रहेको उल्लेख गर्दै जडिबुटी संरक्षण गरेर बजार व्यवस्थापनमा पनि ध्यान पुर्याउन जरुरी छ ।
जुम्ला खलंगामा रहेको चन्दननाथ नमुना माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला उद्घाटन गर्न जुम्ला आइपुगेकी राष्ट्रिपति भण्डारीले दुर्गम क्षेत्र कर्णालीका विद्यार्थीहरुले अब विज्ञान विषय पढ्न जिल्ला वाहिर जानु नपर्ने वताउनु भयो ।
विद्यालयमा विज्ञान संकायको पढन पाढन संचालन गर्नका लागि विज्ञान प्रयोगशाला अति आवश्यक भएपछि खलंगामा महायज्ञ संचालन गरि चन्दा संकलन गरिएको थियो । महायज्ञबाट संकलन भएको रकम र संसद विकास कोषको ४० लाख रुपैयाँमा विज्ञान प्रयोगशाला निर्माण गरिएको चन्दननाथ नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले बताताउनु भयो ।
बिद्यालयका विद्यार्थी, शिक्षक र जुम्लीहरुले राष्ट्रपति भण्डारीलाई भब्य स्वागत गरेका थिए । स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा पनि कडाइ गरेको थियो । राष्ट्रपति भण्डारीले बुधवार यहाँको प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा पुजाआजा समेत गर्नुभयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





