clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
एक प्रहरी जवानको नदिमा बगेर मृत्यु
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, असोज २४ –
 
   काइके गाउंपालिकाको ताराबगरमा रहेको प्रहरी चौकीबाट गएको गस्तिबाट फर्कने क्रममा सोमवार सांझ अवेर चिप्लीएर भेरी नदिमा खसि एक जना प्रहरी जवानको मृत्यु भएको जनाइएको छ । 
   आफ्नो सेवा क्षेत्रमा गस्ति गरेर फर्कने क्रममा सोमवार सांझ साढे ५ बजेतिर चिप्लीएर भेरीमा खसेर बगेपछि साविकको सर्माली गाविस १ बैतडी घर भई काइके गाउंपालिकाको शहरताराबगर प्रहरीचौकीमा कार्यरत प्रहरी जवान २५ वर्षिय शेरसिंह साउथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले बताएका छन् । कुन ठाउं र कहांनेरबाट कसरी भन्ने बारेमा भने खुलेको छैन । 
   उनका अनुसार सोमवार सांझ चिप्लीएर नदिमा खसेर बगेपछि तत्काल खोजतलास गरिए पनि अवेर भैसकेका कारण नभेटिएको र मंगलवार विहानैदेखिको  खोजतलासले केही तल लावन बगर भन्ने ठाउंमा लाश भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । लाशको मंगलवारै जिल्ला अस्पताल डोल्पामा ल्याएर पोष्टमार्टम गर्ने कार्य सम्पन्न भएको छ । 
   सम्पूर्ण प्रक्रिया पुर्याउने क्रम जारी रहेको र हेलिकोप्टरबाट मृतकको लाशलाई बुधवार उनको घरमा पुर्याउने गरी प्रयास थालिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्