समाचार तथा गतिविधि
डोल्पाको सदरमुकाम जोड्न जम्मा १० किलोमिटर बांकी
रेडियो डोल्पा एफ.एम.
डोल्पा, असोज २५ –
सदरमुकाम मोटरबाटोले नछोएको नेपालका २ जिल्ला मध्ये एक डोल्पा जिल्लाको सदरमुकाम दुनै छुने बाटो सम्पन्न हुन अब १० किलोमिटर मात्र निर्माण गर्न बांकी रहेको छ ।
जाजरकोट हुदै डोल्पाको सदरमुकाम दुनै जोड्नका लागि बन्दै गरेको जाजरकोट डोल्पा मोटरबाटोको अब १० किलोमिटर कडा चट्टान मात्र निर्माण गर्न बांकी रहेको उक्त मोटरबाटो कार्यदल नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पाहाडीले बताए ।
उनका अनुसार करवगार्डको खोला घट्यो भने अबको केही दिनमा जाजरकोट डोल्पा मोटरबाटोको त्रिवेणीदेखि खदाङ्सम्म जीप संचालन गर्ने तयारी भएको छ । त्यसभन्दा माथि त्रिपुरासुन्दरी नगरपालिकाको सिरिबिण्डे देखि चुंगाडसम्मको १० किलोमिटर खण्डमा रहेको कडा चट्टान काट्ने काम भैरहेको छ । जस मध्ये पनि ५ किलोमिटर छोएकै छैन बांकी ५ किलोमिटरमा चट्टान काट्ने काम तिब्र गतिमा भैरहेको पनि नेपाली सेनाको कार्यदलले बताएको छ ।
डोल्पाको सदरमुकाम दुनै देखि त्रिपुरासुन्दरी नगरपालिकाको सुंपानीसम्म जीप चलिसकेको छ । यो बन्न बांकी रहेको सिरिबिण्डे देखि चुंगाडसम्मको १० किलोमिटर मोटरबाटो निर्माण सम्पन्न आउने असारसम्म सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको निर्माण कार्यदलले लिएको पनि प्रमुख सेनानी पाहाडीले उल्लेख गरे ।
अघिल्लो वर्षको साउनमा चर्चित भेरिकरिडोर अन्तर्गत जाजरकोट डोल्पा मोटरबाटोको ७५ किलोमिटरमा पर्ने रुकुम जिल्लाको साविकको गोतामकोट गाविस ९ छिमि गाउंको त्रिवेणी बजार सम्मको मोटरबाटोमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले जीप सञ्चालन गरेका थिए त्रिवेणीसम्मको जीप सञ्चालनले डोल्पाको यात्रा र ढुवानीमा निकै सहजता आएको अनुभव भैरहेको बेला त्रिवेणीदेखि त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ्सम्मको मोटरबाटो सम्पन्न भैसकेकाले जीप सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको नेपाली सेनाले बताएको छ ।
त्रिवेणीबाट भित्र डोल्पाको भूमिमा मोटरबाटो पुगेर जीप, ट्याक्टर लगायतका साना सवारी साधन सञ्चालनमा आए पछि डोल्पालीहरुलाई निकै सुविधा पुग्ने स्थानीयहरुको आशा रहेको छ ।
जाजरकोट डोल्पा मोटरबाटोको १ सय १८ किलोमिटर बाटो मध्ये १ सय २ किलोमिटरमा किलोमिटर ट्रयाक खोलि जीप, ट्याक्टर लगायतका यातायातका साधन गुडी सकेका छन् भने ६ किलोमिटर ट्रयाक खुलिसकेको र केही दिनमा तायायातका साना साधनहरु गुडाउने तयारी भैरहेको छ । बांकी १० किलोमिटर बाटोमा तिब्र रुपमा काम भैरहेको निर्माण कार्यदलका प्रमुख नेपाली सेनाका प्रमुख सेनानी पाहाडीले जानकारी गराएका छन् । उनका अनुसार आगामी असारसम्म निर्माणको काम सम्पन्न गरेर डोल्पाको सदरमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालसंग जोड्ने लक्ष्यका साथ निर्माण कार्य भैरहेको छ ।
त्रिवेणीसम्म जीप, ट्याक्टर संचालन हुंदा डोल्पालीहरुलाई यातायात र ढुवानीमा निकै सहज भएको छ । ढुवानी सहज बनेर दैनिक उपभोग्य सामानहरु ढुवानी हुन थालेपछि डोल्पाका बजारहरुमा सामानको मूल्य सस्तिन थाल्नुका साथै सहज रुपमा उपलब्ध हुन थालेको डोल्पा उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढाले बताएका छन् ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





