clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका अधिकांश कार्यालयहरु प्रमुख विहिन
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, २६ साउन –
 
   नयां संरचना बमोजिम स्थानीय तहसम्म धमाधम काम हुनु पर्ने, कर्मचारी लगायतका विभिन्न विधि थिति बसाल्नु पर्ने, सबैतिर समन्वय गर्नु पर्ने अवस्थामा डोल्पाका दर्जन बढि सरकारी कार्यालयहरु कार्यालय प्रमुख विहिन बनेका छन् । 
   आर्थिक वर्ष सकिएर नयां आर्थिक वर्ष सुरु भएको लगत्तै जिल्लाबाट वाहिरिएका कार्यालय प्रमुखहरु हालसम्म नफर्कदा अधिकांश सरकारी कार्यालयहरु कार्यालय प्रमुख विहिन बनेका हुन् । जिल्ला समन्वय समिति डोल्पा, जिल्ला पशु सेवा कार्यालय डोल्पा, घरेलु तथा साना उद्योग विकास समिति डोल्पा, जिल्ला शिक्षा कार्यालय डोल्पा, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय डोल्पा, जिल्ला प्रहरी कार्यालय डोल्पा, सिंचाई सव डिभिजन कार्यालय डोल्पा, जल उत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालय डोल्पा, मालपोत कार्यालय डोल्पा, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड डोल्पा, नेपाल खाद्य संस्थान डोल्पा, जिल्ला वन कार्यालय डोल्पा, ठुलीभेरी नगरपालिका दुनै, त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट, मुड्केचुला गाउंपालिका नर्कु, जगदुल्ला  गाउंपालिका रिमी, शेफोक्सुण्डो गाउंपालिका, डोल्पो बुद्ध गाउंपालिका लगायतका विभिन्न कार्यालयहरु कार्यालय प्रमुख विहिन बनेका हुन् । 
   जिल्लामा कार्यालय प्रमुखहरु रहेका कार्यालयहरुमा जिल्ला प्रशासन कार्यालय डोल्पा, महिला तथा बालबालिका कार्यालय डोल्पा, डोल्पा जिल्ला अदालत, जिल्ला स्वास्थ्य कार्यालय डोल्पा, जिल्ला निर्वाचन अधिकृतको कार्यालय डोल्पा, जिल्ला हुलाक कार्यालय डोल्पा, नेपाल टेलिकम डोल्पा, जिल्ला कृषि विकास कार्यालय डोल्पा, नेपाल बैंक डोल्पा, कृषि विकास बैंक डोल्पा र छार्का ताङ्सोङ् गाउंपालिका लगायतका कार्यालयहरु मात्र रहेका छन् । 
   नयां संरचना भएर काम धमाधम गर्नु पर्ने, कर्मचारी समायोजन गर्नु पर्ने, प्रत्येक स्थानीय तहमा विभिन्न विभाग अनुसार काम गर्नु पर्ने त्यसका लागि सम्बन्धित कार्यालयहरुले सहजिकरण गर्नु पर्ने बेला कार्यालयप्रमुखहरु नै नहुंदा काम हुने कुराको त कल्पणा गर्नसम्म नसकिएको निर्वाचन वडा सदस्य छक्क धरालाले बताए । 
   सरकारले तत्काल कर्मचारीहरुलाई स्थानीय तहमा जान ३ दिने आदेश जारी गरे पनि आदेश जारी गरेको ४ दिन वितिसक्दा पनि डोल्पाका स्थानीय तहहरुमा शिक्षा, जिल्ला पशु सेवा, जिल्ला वन कार्यालय, लगायतका कार्यालयहरुले कर्मचारी खटाउने कुनै सुरसार गरेका छैनन् । खटाएको भनिएका स्वास्थ्य, महिला तथा बालबालिका कार्यालय, कृषि लगायतका कार्यालयहरुका कर्मचारीहरुले कुनै कामको सुरु नै गरेका छैनन् । 
   यो सबै यतिखेर जिल्लामा कार्यालय प्रमुखहरु नभएको कारणले पनि समस्या आएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । उनका अनुसार पहिलो कुरा कर्मचारीहरुमा स्थानीय तहमा र जिल्ला तहमा काम गर्ने कर्मचारी खटनपटन गर्नु पर्ने बेला नयां संरचना अनुसार काम गर्नु पर्ने भएकाले थुप्रै काम थाती रहेको बेला यस प्रकारको कर्मचारीहरु मात्र होइन कार्यालय प्रमुखहरु नै जिल्लामा नहुनुले राज्यका स्थायी सरकार मानिने निजामति कर्मचारीहरुको मनस्थिति र आचरणलाई प्रष्ट पार्ने प्रष्ट छ । 
  
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्