समाचार तथा गतिविधि
हप्तादिन देखि एक युवा बेपत्ता
रेडियो डोल्पा एफ.एम.
डोल्पा(दुनै), १९ साउन –
भैसी पाल्न डोल्पा आएका जाजरकोटका एक युवा दुनै बजारबाट ठांगेमा रहेको भैसी गोठ तर्फ जाने क्रममा एक हप्तादेखि हराएका छन् ।
जिल्ला साविकको भगवती गाविस ३, हालको त्रीवेनी नलगाड नगरपालिका वडा न १३ घर भई भैसी पाल्ने र दुध दही बेच्ने उद्देश्यले ठुलीभेरी नगरपालिका २ ठांगेमा भैसी गोठबाट चामल लिन डोल्पाको सदरमुकाम दुनै आई चामल लिएर ठांगे तर्फ फर्कने क्रममा अघिल्लो शुक्रवार एवम् गएको १३ गते दुनैबाट हिडेका २२ वर्षिय दिपेन्द्र शाही नाम गरेका युवा हराएको उनका बाबु पहलबहादुर शाहीले बताए ।
भैसिगोठ ठांगे लेकबाट चामल लिन डोल्पाको सदरमुकाम दुनै आएका युवा शाही चामल लिएर पुन गोठमा फर्किदै गर्दा बाटो बाटै हराएको छोराको खो िजगर्न दुनै झरेका बाबु पहलबहादुर शाहिले बताए ।
हराएका युवा पहिल्यै जन्मजातै सुस्तमनस्थितीको भएको बाबु पहलबहादुरले जानाकारी दिएका छन् । सदरमुकाम दुनै आएर पनि केहि खबर नपाए पछि छोरा खोज्दै बाबु र आमा पुन भैसी गोठ ठांगेतिर फर्केका छन् ।
बर्षेनि यसरी भैसी पाल्ने र दही दुध बेचेर आम्दानी गर्ने आफ्नो गाउंबाट गाउंलेहरु डोल्पाका विभिन्न पाटनहरुमा आउने गरेको बाबु शाहीले बताए । भैसी पालेर केहि आम्दानी गर्ने आशा बोकेका बाबु पहलबहादुर शाही छोरा नै हराए पछि अहिले पिडामा छन् । यदि कोही कसैले फेला पारेमा जिल्ला प्रहरी कार्यालयमा खबर गरि दीनु हुन पनि बाबु पहलबहादुरले अनुरोध गरेका छन् । यो बर्षको समय भएकाले पनि विभिन्न बाटा घाटाहरु सबै भत्किएको र खहरे खोलाहरु पनि बौलाएर धेरै ठाउंमा यात्रा गर्न कठिन हुने गरेको कारण पनि सुस्तमनस्थितिको युवक हराएको आशंका दुनै बजारमा गरिएको छ ।
यसरी आफ्नो छोरो हप्ता अघिदेखि हराएको भए पनि भैसी गोठमा नपुगेकाले बाबु र आमा छोरो खोज्न पाटन र जंगल भौतारिएका छन् । छोराको खोजिमा धेरै प्रताडित भएको भए पनि प्रहरीमा भने हालसम्म जानकारी नआएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





