clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
घाइते आशाको लागी सहयोग सँकलन
लेख बुढा
रेडियो डोल्पा एफ एम 
डोल्पा, साउन १७ –
 
 
    सरस्वती माध्यामीक दुनै द्धारा सिकिस्त घाईले आशा विकको उपचारार्थ सन्दासंकलन गरेको छ । ठुलीभेरी नगरपालिका ३ को खुइतेगौडा भन्ने ठाउंमा गिट्टी कुट्दै गरेको बेला गत  शनिवार भिरालो वन माथिबाट आएको ढुङ्गा लागेर सख्त घाइते आशालाई दाईने खुट्टा भाच्चीएको छ । घाईते बिकलाई तिन दिन पछी नेपाली सेनाको हेलिकप्टरबाट उद्धारी सुर्खेत पुर्याईएको छ । आर्थिक अवस्था अत्यन्तै कम्जोर,ज्याला , मजदुरी गरी जिविकोर्पाजन गर्दै आएकी बिकको आर्थि अवस्था कम्जोर भएकोले सरस्वती मावि दुनै का शिक्षक ,विधार्थी सवैले चन्दा संकलन गरेका छन । 
    सरस्वती मावि दुनैका शिक्षक शिवप्रसाद पोखरेलको अगुवाईमा संकलन गरेको चन्दा रु १८ हजार  ७ सय २० रुपैया घाईते आशा विकको छोरी सुनिता विकको नाममा रहेको सिटिजँन्स बैकंको खाता नं. ०४२००००१०९क्ब् मा जम्मा गरीएको सस्वती मावि दुनैले जानकारी दिएको छ । विधालयको तर्फबाट घाईते आशा विकको शिघ्र स्वस्थ लाभको कामना गर्दै विकलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुलाई उहाकी छोरीको नाममा रहेको सिटिजन्सँ बैकंको खाना नं.ं. ०४२००००१०९क्ब्  जम्मा गरि सहयोग गर्न आग्रह गरेको छ । रेडियो डोल्पा एफ एम परिवार पनी उहाँको सिघ्र स्वस्थ लाभको कामना गर्दै सहयोग गरिदिन हर्दिक अनुरोध गर्दर्छौ ।
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्