clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
गाउंपालिका अध्यक्ष एमाले प्रवेश
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १७ साउन – 
 
   जिल्ला समन्वय समिति डोल्पाको निर्वाचनका मुखैमा आएर डोल्पोबुद्ध गाउंपालिकाका अध्यक्ष एमाले प्रवेश गरेका छन् ।
   एमालेको आधिकारी उम्मेदवारका विरुद्धमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारका रुपमा उठेर जितेका डोल्पोबुद्ध गाउंपालिकाका अध्यक्ष तेम्बा गुरुङ् एमालेमा प्रवेश गरेको नेकपा एमाले डोल्पाका सचिव नन्दसिंह बुढाले जानकारी दिए । 
   जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन कार्यतालिका अनुसार सोमवार एमालेको प्यानलले मात्र मनोनयन पत्र दर्ता गरेको थियो । यस प्यानलका विरुद्धमा कुनै पनि उम्मेदवारी परेन । आधिकारिकरुपमा घोषणा नभए पनि निर्विरोध भैसकेको एमालेको प्यानललाई आगामी बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले घोषणा गरी प्रमाणपत्र दिनेछ । 
   जिल्ला समन्वय समितिमा एमाले प्यानल निर्विरोध भएकोमा अनौपचारिक बधाई दिने क्रममा आयोजित एक कार्यक्रममा डोल्पोबुद्ध गाउंपालिकाका अध्यक्ष गुरुङ्ले एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका गुरुङ्लाई नेकपा(एमाले) डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले अविर लगाई स्वागत गरेका थिए । 
   यस अघि पनि एमाले सदस्य रहेका तेम्बा गुरुङ्लाई पार्टी उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार भएकोमा कारवाही भने गरेको थिएन । नेकपा(एमाले) डोल्पाका धेरै पदाधिकारीहरुले निर्वाचनको बेला धोका दिएको भए पनि पार्टीले कारवाही नगरेको पार्टी सदस्यहरुको गुनासो बढेको छ । पार्टीका अध्यक्ष र वैकल्पिक केन्द्रिय  सदस्य समेतले पार्टीका उम्मेदवारलाई सहयोग नगरेकाले कारवाही नभएको धेरैको अनुमान छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्