clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
मुड्केचुला गाउंपालिकाको केन्द्र विवाद चुलियो
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ११ साउन – 
 
   मुड्केचुलाको केन्द्र विवाद चर्किएको छ । मुड्केचुला गाउंपालिकाको गाउं सभाको बहुमतले निर्णय गरेर केन्द्र नीलदह राख्ने भनेर निर्णय गरे पछि नर्कु, सुर, सर्मी, होर्त र ओक्टका सर्वसाधारणहरुले निर्णय नमान्ने भनेपछि विवाद चर्किएको हो । 
   गाउंपालिकाको केन्द्र विवाद चर्किए पछि मंगलवार वेलुका निर्णय गरिएको केन्द्र मान्ने नमान्ने पक्षबीच झडप भएको थियो । झडपबाट दुबै पक्षका केही व्यक्तिहरु सामान्य घाइते समेत भएका थिए । 
   विवाद बढ्दै गए पछि मंगलवारै गाउं कार्यपालिकाका ९  जनाले हस्ताक्षर गरेर बैठक वोलाउन माग गरेकाले बुधवार बैठक बस्न चिठी काठिएको भए पनि बुधवार गाउं पालिकाका कार्यकारी अधिकृत मोहन निरौला नआए पछि बैठक बुधवार बेलुकी साढे ५ बजेसम्म बस्न नसकेको नर्कुबाट फोनमा गाउंपालिका उपाध्यक्ष सविता रोकायाले बताइन । 
   कार्यकारी अधिकृत निरौलालाई फोनमा सम्पर्क गर्दा झडपको नाममा कर्मचारी माथि आक्रमण गर्न खोज्ने, धम्काउने गरेकाले ज्यानको सुरक्षा नहुने देखेर जिल्ला प्रशासन कार्यालय डोल्पा र सम्बन्धित निकायमा सम्पर्क गरी बैठकमा उपस्थित नहुने मात्र होइन आफु त्यहांबाट सदरमुकामतर्फ हिड्ने तयारी गरेको फोनमा बताए । उनले थपे यतिखेर बैठक बस्दैन किनकी हामी कर्मचारीको जीउज्यानको सुरक्षाको सवाल छ कसरी हामीले बैठक बसाउने । यो पटक बैठक नबस्ने भैसक्यो मेरो र अध्यक्ष दत्तबहादुर शाहीको कुरा भैसकेको छ । 
   कार्यकारी अधिकृत निरौलाका अनुसार गाउंपालिकाको केन्द्रका लागि गाउं सभामा छलफल भई निर्णयका लागि मतदानमा लगिएको थियो । मतदानमा गाउंसभाका ४७ जना सदस्य मध्ये नील दह भन्ने ठाउंमा राख्ने भनेर ३१ जनाले मतदान गरेको, १ जनाले यो निर्णय नमान्ने भनेर नोट अफ डिसेन्ट लेखेको र बांकी सदस्यहरुले भोट होलेनन् । तर हस्ताक्षर गर्दा निर्णयार्थ प्रस्तुत भएको नर्कु, तली नर्कु र नीलदह मध्ये कुन स्थानमा केन्द्र राख्ने भन्नेमा नीलदहमा केन्द्र राख्ने भन्नेमा ३८ जना सदस्यले सही गरिसकेका छन् । 
   गाउं कार्यपालिकाले नीति, कार्यक्रम र बजेट निर्माण गरी प्रस्तुत गरेर गाउंसभाबाट पास गरिसकेको अवस्थामा केन्द्रका विषयमा विवाद चर्कदा विकासका काममा समस्या पर्ने देखिएको छ । यस विषयमा सबैले गम्भिर भएर सोच्नु पर्ने भएको छ । तर गाउं सभामा पर्याप्त छलफल र वहस नगराईकन एक्कासी झुक्याएर निर्णय गराएको आरोप लगाउदै सुर, नर्कु, सर्मी, ओक्ट र होर्तका सर्वसाधारणहरुले आफूहरु विरोधमा उत्रेको बताएका छन् । 
   प्रत्यक्ष जनसरोकार रहेको र दुरगामी असरपार्ने विषयमा जनतासम्म वहस र छलफल नगराईकन एक्कासी किन निर्णय गरियो त भनेर जनताहरु आक्रोसित बनेका मुड्केचुला गाउंपालिका वडा नं. ५ सुरका वडा अध्यक्ष रविन्द्र शाहीले बताए । उनले थपे कुनै छलफल, वहस र सार्वजनिक सूचना नगरिकनै एक्कासी निर्णय गरिएकाले विवाद चुलिएको हो । 
   यो विषयमा डोल्पाका राजनीतिक दलहरुले बुधवार सांझसम्म मुख खोलेका छैनन् । यो सबै यथार्थ कुरा आइनसकेकाले अहिले नै प्रतिक्रिया दिनु अलि छिटो हुने कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले बताए । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्