clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाको सदरमुकाम दुनै भेरीबाट उच्च जोखिममा
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, १० साउन –
 
   अविरल वर्षाका कारण डोल्पाको सदरमुकाम दुनै बाडिको उच्च जोखिममा पुगेको छ भने सरकारी निकायबाट कुनै पनि सुरक्षात्मक पहल भएको छैन । 
   ठुली भेरीको मुख्य सहायक नदि भैरवी नदिले डोल्पाको सदरमुकाम दुनै बजारलाई फेरो हालेर बगेको छ । बजारलाई फेरो हालेर बगेको नदिलाई अतिक्रमण गरेर बनाइएका घरहरुले समेत झनै संकट उब्जाएका छन् । 
   अविरल वर्षाले गर्दा दुनै बजार भएर बग्ने भैरवी भनेर चिनिने भेरी नदिमा यो वर्ष कै ठुलो बाढी आएको छ । कालो कालो पानी संगै काठमुडा ल्याएर बग्ने नदिले नदि छेउमा लगाएका घरहरु डुवानमा पारेका छन् । 
   नदि किनारैमा बसेको बजार र नदि छेवैछेउ भएर बनाइएको बाटोलाई समेत कटान गरेकाले मानिसहरुलाई हिडडुल गर्न वा बटुवाहरुलाई ओहोरदोहोर गर्न समेत अप्ठेरो पारेको ध्रुवतारा आधारभुत विद्यालय उपल्लोदुनैकी शिक्षक मेनका आचार्यले बताईन् । उनका अनुसार बजारबाट आधा घण्टा पैदल हिडेर पुगिने ध्रुवतारा आधारभुत विद्यालय जाने बाटोको ३, ४ ठाउंमा नदिले कटान गरेर हिड्नै अप्ठेरो भएको छ ।
   यो नदिको माथि शिर तर्फ कहि कतै पहिरो आदि आएर अझै ठुलो बाढि आएमा दुनै बजारलाई सोहोरेर लिने उच्च जोखिम रहेको छ । किनकी यही हाल आएको बाढिबाट कटान रोक्न समेत कुनै उपयुक्त अभियान नचालिएकाले चिन्ता बढाएको स्थानीय डिलबहादुर बुढाले बताए । 
   केही वर्ष अघि देखि नेपाल सरकारले देशका धेरै सदरमुकामहरु मध्ये डोल्पाको सदरमुकाम दुनै बाढिको उच्च जोखिममा रहेका शहरहरुको सूचिमा राखेको भए पनि जति कराउदा पनि बाढिको बहाव तथा बाढि नियन्त्रण गर्न तर्फ सरकारको ध्यान नगएको डोल्पाका एक मात्र सांसद धनबहादुर बुढाले फोनमा बताए । 
   आफूले धेरै पटक सम्बन्धित निकाय तथा मन्त्रालयहरुमा कुरा उठाएको आ.व. २०७२÷०७३ मा तत्कालिन अर्थमन्त्री रामशरण महतले बजेट वक्तव्य मै डोल्पाको सदरमुकाम दुनै बाढिको उच्च जोखिममा भएको र यो सदरमुकामलाई बाढिबाट बचाउन पहल गर्ने भनेको भए पनि हालसम्म कुनै पनि योजना तथा बजेट नपरेको पनि सांसद बुढाले गुनासो गरे । 
   बलौटे माटो भएको भूगोलबाट बग्ने भेरी नदिसंगै जोडेर बनाइएका घरहरु र कमजोर सरकारी तयारीले कुनै दिन यो बजारलाई बाढिले दार्चुला बगाए जस्तो गरेर धनजनको क्षति पुर्याउने हो की भन्ने त्रास बढ्दै गएको स्थानीहरुले बताएका छन् ।
   भेरी नदिको किनारमा रहेका विभिन्न बस्तिहरु मध्ये डोल्पाको सदरमुकाम दुनै बजार उच्च जोखिममा रहेको बजार हो । किनकी  यस दुनै बजारका घरहरुलाई छोएरै नदि बग्ने गर्दछ । जसका कारण वर्षाको समयमा बजारका घरहरु समेत डुबानमा पर्ने गरेको छ । 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्