clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
नावालक न्याय माग्दै ४ दिन हिडेर सदरमुकाम दुनै पुगे
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ९ साउन –
 
   स्याउ खाएको आरोपमा २४ वर्षिय लाठे युवकले ८ वर्षे बालकलाई घरमा हुलेर निर्घात कुटपिट भए पनि गाउंमा न्याय नपाए पछि नाबालक ४ दिन हिडेर न्याय माग्न सदरमुकाम दुनै पुगेका छन् । 
   बारिमा पसेर स्याउ खाएको आरोपमा मुड्केचुला गाउंपालिका वडा नंं. ७ का २४ वर्षिय लालबहादुर रोकायाले सोही वडाका ८ वर्षिय बालक हेमन्त ठकुल्लालाई बारिमा कुटपिट गर्दै घरमा लगि कोठामा थुनेर निर्घात कुटपिट गरेको भन्दै प्रहरी चौकी सर्मीमा उजुरी गरे पनि उनले भनेजस्तो न्याय नपाएकाले न्याय माग्दै ४ दिन पैदल हिडेर बालक सहित बालकका बाबु हेमन्त ठकुल्ला सदरमुकाम दुनै पुगेका छन् । 
   नाबालक बच्चाले स्याउ खाएको तर भुइमा झरेको स्याउ खाएको बताएको छ भने कुटपिट गर्ने युवक लालबहादुर रोकायाले रुखबाट टिपेर खाएको आरोप लगाएका छन् । बालकका बाबु बमबहादुर ठकुल्लाले बच्चा हो स्याउ खायो होला तर उसलाई किन मरनासन्न हुने गरी कुटपिट गर्ने ? हामीलाई भनेको भए स्याउको मोल दिन्थ्यौ नि उनको दावी छ । 
   डोल्पाको सदरमुकाम दुनैबाट ३ दिन पैदल पश्चिममा पर्ने मुड्केचुला ७ सर्मीमा भएको उक्ता घट्नाको बेला पीडितका बाबु बमबहादुर ठकुल्ला घरमा नभएको र बालकको आमाले प्रहरी चौकीमा उजुरी गरेकी थिइन् । उजुरी पछि प्रहरी चौकीले घाउ जांच समेत गराएको छ । प्रहरी चौकीमा बोलाएर मिलाउन खोजेको भए पनि पीडकले उल्टै धम्काउने अझै जबरजस्ती गरेका कारण न्याय नपाएको भन्दै पीडित बालकलाई ४ दिन बोकाएर न्याय माग्न दुनै आइपुगेको र आउंदा आउंदै महिला तथा बालबालिका कार्यालय दुनै डोल्पामा न्यायका लागि गुहार मागेको र निबेदन दिएको बताएका छन् । 
   त्यसै गरी जिल्ला प्रहरी कार्यालय डोल्पामा निज पीडकले बालकलाई बन्धक बनाई निर्घात कुटपिट गरेर नीलडाम हुने गरी कुटपिट गरेकाले सार्वजनिक अपराध गरेको भन्दै शरीर बन्धक बनाएको र सार्वजनिक अपराध गरेकाले कारवाही गरियोस भन्दै मुद्दा दर्ता गर्ने तयारी रहेको पीडितका बाबु ठकुल्लाले बताए । 
   उनले थपे दुखिका कोही पनि हुदैन रहेछन् । मुर्ख र हुने खानेहरुका मानिसहरुले सानो कुरालाई पनि ठुलो बनाएर निर्धालाई जे गरे पनि हुने, दुखि गरिबले न्याय नपाउने ? उनले प्रति प्रश्न गरे । आशा छ सदरमुकाम दुनै आएको छु जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, नेपाल पत्रकार महासंघ, मानवअधिकारवादी संघसंस्थाहरु सबै रहेको ठाउंमा आइपुग्दा पनि न्याय पाइएन भने कहां जाने होला उनको भनाई थियो । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
धार्मिक कार्यक्रम(भजनहरु) 05:30 am-06:00 am
साझा खबर 06:00 am-06:30 am
समाचार (विहान) 06:30 am-07:00 am
शान्तिका लागि सहकार्य 07:30 am-08:00 am
सबै हेर्नुहोस्