समाचार तथा गतिविधि
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
रेडियो डोल्पा एफ.एम.
डोल्पा, ८ साउन –
डोल्पाको जिल्ला समन्वय समितिको निर्वाचनका लागि आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको निर्वाचन डोल्पा आइतवार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ ।
निर्वाचन आयोगको योजना बमोजिम जिल्ला समन्वय समिति डोल्पाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा तोकिएका जिल्ला न्यायाधिश सनतचन्द्र लवटले एक विशेष कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको निर्वाचन डोल्पाको उद्घाटन गरेका हुन् ।
जिल्ला समन्वय समिति डोल्पाको निर्वाचनका लागि आइतवार स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले २, ३ दिन भित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिएको छ ।
मुख्य निर्वाचन कार्यालय स्थापना भएको २१ दिन भित्र निर्वाचन सम्पन्न गरिसक्नु पर्ने निर्वाचन आयोगको व्यवस्था अनुसार आइतवारदेखि २१ दिन भित्र जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन भई जिल्ला समन्वय समितिमा नयां पदाधिकारी आइसक्ने मुख्य निर्वाचन कार्यालय डोल्पाको उद्घाटन् गर्दै मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए ।
डोल्पामा रहेका ८ तह मध्ये ६ प्रमुख र ४ उपप्रमुख गरी १० जना एमाले, २ प्रमुख र १ उपप्रमुख गरी ३ जना माओवादी केन्द्र र ३ जना उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । यसरी हेर्दा डोल्पाको जिल्ला समन्वय समिति नेकपा एमालेको एक्लौटी हुने देखिएको छ । माओवादी केन्द्र र राप्रपा मिलेर पनि एमालेलाई उछिन्न नसक्ने संख्या रहेको मतपरिणामले देखाएको छ ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:15 pm
सबै हेर्नुहोस्





