clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पाका थप २ स्थानीय तहको बजेट सार्वजनिक
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ५ साउन –
 
   नेपालकै ठुलो, बिकट र पछि परेको डोल्पाका थप २ स्थानीय तहहरुले बिहिवार बजेट सार्वजनिक गरेका छन् । 
   डोल्पाको दोस्रो नगरपालिका त्रिपुरासुन्दरी नगरपालीका त्रिपुराकोटले बिहिवार आफ्नो नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । त्रिपुरासुन्दरी नगरपालिकाले कुल २६ करोड् १९ लाख ९४ हजारको बजेट् प्रस्तुत गरेको हो । बिहिवार प्रस्तुत बजेटको चालु खर्चतर्फ ३ करोड् ७५ लाख, पुंजीगत खर्चतर्फ ११ करोड २५ लाख, ससर्त अनुदान तर्फ ९ करोड ७९ लाख ३० हजार र नगर व्वस्थापन तर्फ ४८ लाख बजेट विनियोजन गरिएको छ । स्स्थानीय रेडियो डोल्पा एफ.एम.बाट प्रत्यक्ष प्रसारण गरिएको बजेट भाषण विहिवार त्रिपुरासुन्दरी नगरपालीकाकी उपप्रमुख चन्द्रकुमारी बुढाले २६ बुद्धाको नीति कार्यक्रमका साथमा बजेट भाषण प्रस्तुत गरेकी थिइन् ।
   यसै गरी बिहिवार मुड्केचुला गाउंपालिकाले पनि कुल १४ करोड ९४ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै उपप्रमुख सविता रोकायाले चालु खर्चतर्फ ६ करोड ९६ लाख ८८ हजार, पुंजिगत तर्फ ७ करोड ९८ लाखको बजेट प्रस्तुत गरेकी थिइन् । 
   विकासको आधार सडक पूर्वाधार भन्ने मुल नाराका साथ प्रस्तुत मुड्केचुला गाउंपालिकाको नीति कार्यक्रम र बजेटमा पहिलो प्राथमिकतामा सडक निर्माणलाई लिइएको छ । पुंजिगत बजेटको ६२ प्रतिशत बजेट ५ करोड रकम त्रिवेणीदेखि इलसम्मको मोटरबाटो निर्माणका लागि छुट्याइएको छ । यो गाउंपालिकाले सडक निर्माण जस्तो जटिल र ठुलो बजेटको आवश्यकता पर्ने सडक निर्माणमा केन्द्र सरकारलाई बजेट माग गर्नु पर्नेमा आफ्नो बजेट विनियोजन गर्ने धृष्टता गरेको छ ।
    त्यस पछि विधुत निर्माणलाई रखिएको छ । विधुतका लागि पनि उल्लेख्य बजेट छुट्याइएको छ । विधुत निर्माण तथा मर्मतका लागि १ करोेड ३० लाख विजियोजन गरिएको छ । त्यस पछि वातावरण तथा विपद व्यवस्थापनलाई ५० लाख, गाउंपालिका र वडा कार्यालयहरु व्यवस्थापनका लागि ४८ लाख, गाउंपालिकाको भवन निर्माणका लागि १ करोड लगायतका निर्माण कार्यमा बजेट विनियोजन गरिएको मुड्केचुला गाउंपालिकाका कार्यकारी अधिकृत मोहन निरौलाले फोनबाट जानकारी दिए । 
   यता त्रिपुरासुन्दरी नगरपालीकाको नीति कार्यक्रम र बजेटले पहिलो प्रथामिकता एक गाउं एक कृर्षि, कृर्षिमा आयअर्जन बृद्धि कार्यक्रम, दोस्रो प्रथामिकता यातायात, संचार, शिक्षा स्वस्थ लगाएतका अन्य योजनाहरु रहेको त्रिपुरा सुन्दी नगरपालीकाका प्रमुख ओम बहादुर बुढाले बताए । बजेट भाषणको क्रममा त्रिपुरासुन्दरी नगरपालीकाको दिगो विकास संगै स्थानीयलाई सिंहदरवारको सेवा सुविधा स्थानीय तहबाट उपलब्ध गराई सरकार नजिक आएको महसुस गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।  
   डोल्पाका ८ स्थानीय तहहरु मध्ये बिहिवारसम्म ४ वटा स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् भने बांकी ४ वटा स्थानीय तहहरु नीति कार्यक्रम र बजेट सार्वजनिकिकरणको अन्तिम तयारीमा रहेको बताइएको छ । विकासमा नेपालकै पिछडिएको डोल्पा र डोल्पाको पनि धेरै पछि रहेको माथिल्लो डोल्पाको शेफोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्का ताङ्सोङ गाउंपालिकाले नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न पछि परेका छन् । यसका साथै सेवा सुविधाको नजिक नजिक भए पनि विविध कारण देखाउदै जगदुल्ला गाउंपालिकाले पनि नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेको बताएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:15 pm
सबै हेर्नुहोस्