clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
धावन मार्ग कालोपत्रे गर्ने काम तिब्र
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ७ साउन –
 
   डोल्पाको पहिलो जुफाल विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य तिब्र रुपमा भैरहेको छ । 
   असार महिना संगै सुरु भएको जुफाल विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम तिब्र रुपमा भैरहेको निर्माण कार्यको जिम्मा लिएका विरेन्द्रकुमार शाहले बताए । उनले थपे पानी नपरेको भए निर्माण कार्यको ७५ प्रतिशत सकिने थियो । पानी परेका कारण शनिवारसम्म ५० प्रतिशत भन्दा बढि काम भैसकेको छ । 
   क्रमागत रुपमा निर्माण तथा सुधार भैरहेको ५ सय ६० मिटर रहेको जुफाल विमानस्थलको धावन मार्ग मध्ये शनिवारसम्म ३ सय मिटर कालोपत्रे भैसकेको छ । अब २ सय ४० मिटर मात्र कालोपत्रे गर्न बांकी रहेको र यो सकिने वित्तिकै उडान सुरु गरिने नागरिक उड्यायन प्राधिकरण जुफालले जनाएको छ । उसका अनुसार अबको एक महिना पछि भदौं १० गते भित्र यो विमानस्थलमा जहाज उडाउने गरी कालोपत्रे गर्ने काम तिब्र गतिमा भैरहेको कालिका कन्ट्रक्सन जेवी सिद्धीसाइबाबा कन्ट्रक्सनका प्रतिनिधि हिमबहादुर बुढाले बताए । 
   मालमसला सबै छ, मिस्त्री पुरा छन् । केवल मौसम खराव भई पानी परेकाले र एक दिन विधुत नआउने भएकाले सबेरै काम बन्द गर्नु पर्ने कारणले कालोपत्रे गर्ने काममा ढिलाई भईरहेको छ । जुफाल विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गरिए पछि हवाई उडान बन्द भएको र रुकुम जाजरकोट भएर पैदल आउने बाटोमा पनि नेपाली सेनाले मोटरबाटो निर्माण कार्य गरिरहेकाले आवतजावतमा समस्या भएको छ । 
   यता हवाई उडान बन्दका कारण यात्रु आवतजावतमा समस्या त परेको छ नै त्यस मध्ये पनि हवाई र पैदल दुबै मार्गबाट दैनिक उपभोग्य सामग्रीहरु ढुवानी हुन नसक्दा बजारमा सामानको अभाव हुन थालेको न्यू त्रिपुरा भेराइटी सप दुनैका नारायण अधिकारीले बताए । उनका अनुसार धावन मार्ग कालोपत्रे गर्न उडान बन्द भएको र पैदल पनि मोटरबाटो निर्माणले खच्चरबाट मालसामान ढुवानी हुन नसकेपछि मालसामान नै आउन सकेको छैन । 
   सामान ढुवानीको समस्याले नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्य सामाग्री समेत आउन नसकेकाले बजारमा ग्यांस, चीनि, तेल, मैदा, चामल लगायतका दैनिक उपभोग्य सामान अभाव भएकाले नपाउने र पाए पनि धेरै महंगो पर्ने गरेको दुनै बजारका शेरबहादुर बुढाले बताए ।
   जुफाल विमानस्थलको धावन मार्ग कालोपत्रे भए पछि यस विमानस्थलमा ढोनियर समेत अवतरण गर्ने भएकाले धेरै यात्रु ओसारपसार हुने भएकाले टिकट नपाउने समस्या समाधान हुने, पानी परेको बेला पनि हिलो नहुने भएकाले उडानमा वर्षाले प्रभाव नपार्ने, यात्रुहरुलाई टिकटको समस्या नभई आवतजावतमा सरलता आउने आशा राखिएको छ । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्