clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
ठुलीभेरी नगरपालिका र काइके गाउंपालिकाको नीति कार्यक्रम तथा बजेट पास
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, असार – 
 
   शुक्रवार सुरु भएको डोल्पाका २ वटा स्थानीय तहको नीति कार्यक्रम तथा बजेट सर्वसहमतिले पास गभएको छ । 
   शुक्रवारबाट बजेट अधिवेशन सुरु गरी शुक्रवारै प्रस्तुत नीति कार्यक्रम तथा बजेटलाई शुक्रवार र शानिवार बसेको नगर र गाउं सभाले वृहत छलफल सहित सर्वसहमतिले पास गरेको ठुलीभेरी नगरपालिका प्रमुख गणेशबहादुर शाहीले बताए । उता काइके गाउंपालिकामा पनि बजेट सर्वसहमतिले बजेट पास गरेको उक्त गाउंपालिकाका अध्यक्ष अंगद रानाले बताए । 
   जिल्ला समन्वय समिति डोल्पाको सभाकक्षमा शुक्रवार सुरु भएको ठुली भेरी नगरपालिका उप्रमुख योगेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति तथा कार्यक्रम सहित २३ करोड ७२ लाख ९० हजारको बजेट प्रस्तुत गरेका थिए । 
   जस मध्ये चालु खर्च तर्फ ३ करोड ७५ लाख र पुंजीगत तर्फ १९ करोड ९७ लाख ९० हजार छुट्याएका छन् । उनले नेपाल सरकारबाट प्राप्त हुने केन्द्रिय कार्यक्रम तथा बजेट, विषयगत कार्यालयबाट आउने कार्यक्रम तथा बजेट र गैह्र सरकारी संस्थामा आउने कार्यक्रम तथा बजेट नगर सभामा प्राप्त नभएको र यस पछि आएमा यसै नगर सभाले पास गरे सरह हुने उल्लेख गरेका थिए । 
   त्यसै गरी शुक्रवारै सुरु भएको काइके गाउंपालिका शहरताराको बजेट अधिवेशनमा उक्त गाउंपालिकाका अध्यक्ष अंगद रानाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाअध्यक्ष कुन्जाङ बुढाको अनुमतिले वडा नं. २ का वडा अध्यक्ष राजकुमार रोकायाले साढे १४ करोडको बजेट प्रस्तुत गरेका थिए । 
   उनका अनुसार पुंजिगत तर्फ ९ करोड २२ लाख ५८ हजार, चालु तर्फ २ करोड ५० लाख र ससर्त अनुदान तर्फ २ करोड ७३ लाख ७२ हजार गरी जम्मा १४ करोड ४६ लाख ३० हजार ८ सय ४९ विनियोजन गरेका थिए ।
   शुक्रवार र शनिवार सांझसम्म बसेको नगर र गाउं सभाले नीति कार्यक्रम र बजेट सर्वसहमतिले पास गरेको सम्बन्धित स्थानीय तहका कार्यकारी अधिकृतहरुले जानकारी दिएका छन् । 
   डोल्पाका आठवटा स्थानीय तह मध्ये शनिवारसम्म २ वटा स्थानीय तहहरु ठुली भेरी नगरपालिका र काइके गाउंपालिकाले मात्र नीति कार्यक्रम तथा बजेट नगर र गाउं सभाबाट पास गराएका छन् । अन्य १ नगरपालिका र ५ वटा गाउंपालिकाहरुले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न सभा बसेका छैनन् । 
   बजेट प्रस्तुत गर्न नसकेका डोल्पाका स्थानीय तहहरुले विविध कारणले असार मसान्त भित्र नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकिएको जनाएका छन् । त्यस मध्ये मुड्केचुला गाउंपालिका, त्रिपुराकोट नगरपालिका र जगदुल्ला गाउंपालिकाले आगामी आर्थिक वर्ष सुरु भएको १० दिन भित्र पास गरिसक्ने जानकारी दिएका छन् ।  
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्