clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
डोल्पका स्थानीय तह मध्ये प्रथम बजेट भाषण चौबिस करोड बजेट
रेडियो डोल्पा एफ.एम.
   डोल्पा, ३० असार – 
 
   डोल्पाका स्थानीय तहहरु मध्ये ठुली भेरी नगरपालिकाले २४ करोड बजेट सहित नीति कार्यक्रम प्रस्तुत भएको छ । यसै गरी काइके गाउंपालिकाले साढे १४ करोड बजेट प्रस्तुत गरेको छ । 
   स्थानीय तहका बजेट अधिवेशन शुक्रवार विशेष कार्यक्रमका साथ सुरु उद्घाटन भएका छन् । जिल्ला समन्वय समिति डोल्पाको सभाकक्षमा शुक्रवार सुरु भएको ठुली भेरी नगरपालिको प्रथम नगर सभा वैठकमा उप्रमुख योगेन्द्रबहादुर शाहीले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति तथा कार्यक्रम सहित २३ करोड ७२ लाख ९० हजारको बजेट सार्वजनिक गरेका छन् । 
   जस मध्ये चालु खर्च तर्फ ३ करोड ७५ लाख र पुंजीगत तर्फ १९ करोड ९७ लाख ९० हजार छुट्याएका छन् । उनले नेपाल सरकारबाट प्राप्त हुने केन्द्रिय कार्यक्रम तथा बजेट, विषयगत कार्यालयबाट आउने कार्यक्रम तथा बजेट र गैह्र सरकारी संस्थामा आउने कार्यक्रम तथा बजेट नगर सभामा प्राप्त नभएको र यस पछि आएमा यसै नगर सभाले पास गरे सरह हुने उल्लेख गरेका थिए । 
   शुक्रवारै सुरु भएको काइके गाउंपालिका शहरताराको बजेट अधिवेशनमा उक्त गाउंपालिकाका उपाअध्यक्ष कुन्जाङ बुढाको अनुमतिले वडा नं. २ का वडा अध्यक्ष राजकुमार रोकायाले नीति कार्यक्रम र साढे १४ करोडको बजेट प्रस्तुत गरेको काइके गाउंपालिकाबाट कार्यकारी अधिकृत कमलराज उपाध्यायले फोनबाट जानकारी दिए । उनका अनुसार पुंजिगत तर्फ ९ करोड २२ लाख ५८ हजार, चालु तर्फ २ करोड ५० लाख र ससर्त अनुदान तर्फ २ करोड ७३ लाख ७२ हजार गरी जम्मा १४ करोड ४६ लाख ३० हजार ८ सय ४९ विनियोजन गरेका छन् । 
   नीति तथा कार्यक्रमले पहिलो प्राथमिकता मोटरबाटो र दोस्रो प्राथमिकतामा साना जलविधुतलाई लिएको छ । त्यस पछि अन्य गाउंगाउं तथा वडा वडाको आवश्यकता अनुसार कार्यक्रम तथा योजनाहरु राखेर बजेट विनियोजन गरिएको छ । 
   यता ठुली भेरी नगरपालिका दुनैमा उपप्रमुख शाहीले यहांको हावापानी र माटो सुहाउदो मागमा आधारित विकास गतिविधि सञ्चालन गर्ने पहिलो योजना राखिएको छ भने दोस्रो प्राथमिकतामा मोटरबाटो निर्माणका साथै पूर्वाधार विकासका माध्यमबाट समृद्ध नगरपालिका बनाउने लक्ष्य राखिएको छ । हवाई उडानलाई पनि सुधार गरिने बताइएको छ । 
   ठुलीभेरी नगरपालिकाको हावापानी र माटो अनुसारका फलफूल, सिमी, कृर्षी तथा अन्न बालीहरुको आधुनिकिकरण गर्दै व्यवसायिक खेति प्रणाली उन्मुख बनाउने, व्यवसायिक र उन्नत पशुपालनमा जोड दिई आयआर्जन वृद्धि गराई गरिबी निवारण तर्फ जोड दिने । 
   लामो समयदेखि २ दिनमा २० घण्टा हुने लोडसेडिङ अन्तको लागि साना जलविधुत आयोजनाहरुलाई व्यवस्थित बनाउने, निर्माण गर्ने र विग्रेका आयोजनाहरुलाई यथाशिघ्र मर्मत गरी विधुत उत्पादनमा वृद्धि गरी लोडसेडिङ अन्त गर्ने । सञ्चारको विकास गरी संचार सुविधालाई घरघरमा पुर्याउने लगायतका विभिन्न २७ वटा नीति तथा कार्यक्रमहरु तय गरिएको घोषणा गरेका थिए । 
   नीति कार्यक्रम र बजेटमा सर्वसाधारणहरुको मिश्रीत प्रतिक्रिया आएको छ । धेरैले बजेट सान्दर्भिक भनेका छन् । जिल्लामा स्थानीय तहको पहिलो बजेट भएकाले पनि आइडिया नभएकाले सिकाई भएको ठुली भेरी नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सुनारले बताए । उनले थपे धेरै मेहनतका साथ कार्यपालिकाले निर्माण गरी नीति कार्यक्रम तथा बजेट ल्याएको र शनिवार विहानैदेखि बजेट माथि छलफल गरी पास गरिने छ । 
   ठुली भेरी नगरपालिकाको पहिलो नगर सभा उद्घाटन कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका डोल्पा अध्यक्ष हर्कबहादुर रोकाया, नेकपा(एमाले)का नरबहादुर बुढा, नेपाली कांग्रेसका अंगदकुमार बुढा, जिल्ला समन्वय समिति डोल्पाका स्थानीय विकास अधिकारी सागर मिश्र, पूर्वसभासद दुधकुमारी हमाल र प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले शुभकामना दिएका थिए । 
   जिल्लाका अन्य ६ वटा स्थानीय तहको नीति कार्यक्रम तथा बजेट निर्माणमा नगरकार्यपालिका र गाउंकार्यपालिकाका बैठकहरु भैरहेका छन् । सबैभन्दा कठिन भनेको भौगोलिक कारण, यतिखेरै साल तमाम गर्नु पर्ने, गाउंपालिका र नगरपालिकामा बैंक नभएकाले भुक्तानी असुली यही सदरमुकामकै बैंकबाट गर्नु पर्ने, पहिलो पटक भएकाले विविध विषयमा अन्यौलता लगायतका कारण छिटो बजेट ल्याउने तयारी भैरहेको त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोटकी उपप्रमुख चन्द्रकुमारी बुढाले बताइन । 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार 7:00 pm-7:30 pm
साझा खबर (साँझ) 7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा 8:45 pm-9:00 pm
सबै हेर्नुहोस्